logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कांग्रेसले ओली र ‘सि’ काे पुत्ला जलायाे


  • राजनीति
  • मंगलबार, पुष २१ २०७७

दार्चुलामा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङको पुत्ला दहन गरिएको छ । नेपाली कांग्रेसको विचारसँग नजिक रहेको संस्था बिपी अध्ययन युवा सर्कल दार्चुलाले संसद विघटनको विरोधमा दार्चुला जिल्ला सदरमुकाम खलंगामा मंगलवार बेलुकी विरोध प्रदर्शन गर्दै पुत्ला दहन गरेको हो ।

प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा संसद बिघटन गरेको, चीनको इसारामा प्रधानमन्त्री चलेको, भ्रष्टाचार, अनियमितता, अधिनायकबाद र सर्बसत्तावाद ल्याउन खोजेको भन्दै प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति जिनपिङको पुत्ला दहन गरेको बिपी अध्ययन युवा सर्कल दार्चुलाका अध्यक्ष सुरज जोशीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको गैरसंवैधानिक कदमको जति भर्त्सना गरेपनि कम हुने उनीहरुले बताएका थिए । उनीहरुले चिनियाँ इसारामा नै ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए ।

प्रधानमन्त्री ओलीको असंबैधानिक संसद विघटनको विरुद्धमा नेपाली काँग्रेसले देशव्यापी रुपमा दोस्रो चरणको विरोध कार्यक्रम घोषणा गरिसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार