logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

निषेधित क्षेत्र घोषणा प्रति प्रतिपक्षी तीन विधार्थी संगठनले गरे खेद प्रकट


  • राजनीति
  • सोमबार, जेष्ठ २८ २०७५

आश तमु,पोखरा , जिल्ला प्रशाशन कार्यालय कास्कीले पोखरा महानगरपालिकाको बिभिन्न ठाउँमा भेला जुलुस तथा र्‍याली गर्न नपाउने भन्दै क्षेत्र तोकेको छ।
कार्यालयले चारकिल्ला पोखरा ३ पुर्व नदिपुर,उत्तरमा पृथ्वीनारायण क्यामपसको सिमल रुख, पश्चिममा बागबजार तार्फ पर्खाल भन्दा १०० मिटर परसम्म चार किल्ला क्षेत्र तोकेको हो। त्यस्तै पोखरा ७ मा उत्तर तर्फ फिर्के चौतारो,दक्षिण तार्फ सघिय प्रहरी इकाई कार्यालयप्रदेश द्वार र पश्चिम तर्फ प्रदेश प्रहरी कार्यालयमा आइतवार देखी कुनै पनी प्रकारक र्‍याली सभा जुलुस आमसभा गर्न नपाउने क्षेत्र तोकेको हो।

एतिहासिक विधार्थी आन्दोलनको भुमिका निर्वाह गरेको विधार्थी आन्दोलनको क्षेत्र पृथ्वीनारायण क्यामपस क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको प्रति प्रतिपक्षी तीन विधार्थी संगठनले खेद प्रकट गरेको छ।

आइतवार नेकपा विप्लव निकट अखिल क्रान्तिकारी पृथ्वीनारायण क्यामपस जिल्ला संयोजक प्रकाश वास्तोला,नयाँ शक्ति विधार्थी युनियनका जिल्ला अध्यक्ष कृष्ण अधिकारी र अखिल छैठोका जिल्ला अध्यक्ष प्रताव पौडेल द्दारा सयुक्त विज्ञप्ती निकाल्दै आफुलाई लोकतन्त्रको हिमायती मान्ने सरकारले क्यामपसको क्षेत्रलाई आन्दोलन धर्ना जुलुस निषेधित क्षेत्र घोषणा गरी फासीवादी चरित्र देखाएको भन्दै निर्णय तत्काल फिर्ता लिन चेतावनी दिएका छन।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार