राजनीति
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आफ्नो समूहका प्रथम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले पत्नि सीता दाहालकाे उपचारकाे लागि मुम्बई छन् । उनकाे मुम्बई यात्रालाई नेपाली राजनीति बृतले चासाेका साथ हेरिरहेकाे छ। उनकाे भ्रमण पारिवारिक मात्रै हाे या उनी राजनीतिक भेटघाटमा पनि रहनसक्छ त ? तर सामान्यतया नेपालकाे गहिरिदै गएकाे राजनीतिक संटकले उनकाे भ्रमण राजनीतिक पनि हुने निश्चित प्राय छ। यसैबिच केही नेपाली अनलाइन पाेर्टलले प्रचण्डले आफुलाई प्रधानमन्त्री बनाईदिन मोदीसँग गुहार मागेको दाबी गरेका छन् । प्रचण्डले नेपालको अहिलेको अवस्थाबारे भारतीय पक्षसँग गोप्य सल्लाह गरेको र उनको त्यहाँ महाराष्ट्रका गभर्नर तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका नजिक मानिने भगत सिंह कोसीयारीसँग गोप्य भेट गरेको दाबी छ ।
प्रचण्डकाे एउटा अपुष्ट अन्तरवार्तालाई आधार बनाएर भनिएकाे छ अहिलेको परिस्थितिमा नेपालमा राजनीतिक हस्तक्षेप गर्नका निम्ति भारतलाई आह्वान गरेको केही दिनमा नै उनको नयाँ दिल्ली हुँदै मुम्बईसम्मको यात्रा भयो त्यसले केही आशंकालाइ बढवा दियाे ।
यो उपचारको लागि मात्र यात्रा हुन नसक्नेतर्फ संकेत गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले लेखेका थिए,‘प्रचण्डले पत्नी सीताको उपचारमा मात्रै ध्यान दिउन्।’ अर्थात् प्रचण्डको राजनीतिक भेट हुन सक्ने सुइँको पोखरेलले पाएका थिए।
प्रचण्डले नेपालको अहिलेको अवस्थाबारे भारतीय पक्षसँग गोप्य सल्लाह गर्नसक्ने अनुमानहरुका बिच प्रतिनिधि सभा विघटनपछि उत्पन्न भएको मुलुकको अवस्थामा भारतीय पक्षको हस्तक्षेपकारी भूमिका हुनुपर्नेमा जोड दिएका उनले ओलीको अहिलेको कमदलाई सच्याउनका लागि दबाब दिन भन्नेछन्। पत्नी सीताको उपचारमा छोरीहरूलाई खटाएर उनी राजनीतिक लविङका लागि सक्रिय हुने आशंका गरिएकाे छ ।
उनको त्यहाँ महाराष्ट्रका गभर्नर तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका नजिक मानिने भगत सिंह कोसीयारीसँग भेट भएकाे आँकलन गरिएको छ। कोसीयारी नेपाल मामिलाका जानकार पनि मानिन्छन्। गभर्नर हुनुअघि भारतीय जनता पार्टीका उपाध्यक्ष रहेका कोसीयारीसँग प्रचण्डको बेलामौका कुराकानी हुने गरेको थियो भने सम्बन्ध पनि बलियो रहेको छ। कतिपयले भने भारतीय जनता पार्टीका प्रदेशस्तरका नेतासँग पनि उनको भेट हुने अनुमान गरेपनि यसकाे आधिकारिक पुष्टि हुनसकेकाे छैन ।
प्रचण्डले जनयुद्ध बिर्सज गर्नुपुर्व नयाँदिल्ली मा १२ बुदे समझदारी गराएर सिंगाे आन्दोलनको युटर्न गराएका थिए । उनको राजनीतिक पृष्ठभूमी र शान्ति प्रक्रियाको मुख्य विन्दु १२ बुँदे सम्झौतालाई हेर्दा भारत परिचालित रहेको स्पष्ट देखिन सक्ने आशंका उब्जिएका छन् यद्यपि त्याे राष्ट्रिय हितमा हुन्छ वा हुन्न उनी स्वनचालित वा परिचालित त्याे परिक्षाकाे घडि बाकि नै छ ।