logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

ओलीलाई जी न्युजका चाैधरीकाेे प्रश्न भारतलाई ‘बाेस’ किन नमान्ने ?


  • राजनीति
  • मंगलबार, पुष २८ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय टेलिभिजन च्यानल जी न्यूजलाई अन्तर्वार्ता दिएका छन् ।
शनिवार तीन जनाको टोलीसहित काठमाडौं ओर्लिएका सुधीरले आइतवार बालुवाटार पुगेर ओलीको अन्तर्वार्ता लिएका हुन् ।

जी न्युजका पत्रकार सुधिर चौधरीले आफ्नो फेसबूक एकाउन्टमा प्रधानमन्त्रीसँग अन्तर्वार्ता लिएको सानो भिडियो र फोटो सार्वजनिक गरेका छन् । प्रोमो भिडियोमा चौधरीले नेपालले भारतलाई ‘बोस’ मान्न किन इन्कार गरिरहेको छ भन्ने सोधेका छन् । त्यस्तै अर्को प्रश्नमा चौधरीले ओलीलाई नेपाल अब भारतसँग नजिक छ कि चीनसँग भन्ने प्रश्न पनि गरेका छन् ।

नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि भारतीय टेलिभिजन च्यानल जी न्युजलगायतले विवादित सामग्री प्रकाशित गरेका थिए । जी न्युजले ‘राष्ट्रवाद के नामपर नेपालकी चाइनिज नक्सेबाजी’ भनेर कार्यक्रम प्रसारण गरेको थियो ।

प्रधानमन्त्री ओलीसँगको अन्तर्वार्ता भारतीय समयअनुसार सोमवार राति ९ बजे प्रसारण हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार