logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

चुनावी प्रक्रिया राेक्न प्रचण्ड माधव समुहकाे माग अस्वीकार


  • पत्रपत्रिका
  • मंगलबार, पुष २८ २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहले निर्वाचन तयारी रोक्न गरेको प्रस्तावलाई निर्वाचन आयोगले अस्वीकार गरेको छ । प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको बेला निर्वाचन तयारी रोक्नुपर्ने प्रस्ताव प्रचण्ड–माधव समूहले राखेपछि आयोगले अस्वीकार गरेको हो ।

सो समूहका अध्यक्षद्वय दाहाल र नेपाल, नेताहरु लीलामणि पोखरेल, राजेन्द्र पाण्डे, रामनारायण विडारी र कृष्णभक्त पोखरेललगायतको टोली निर्वाचन तयारी रोक्नुपर्ने मागसहित पत्र लिएर सोमबार आयोग पुगेको थियो ।

‘संविधानले परिकल्पना गरेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक ढंगबाट प्रतिनिधिसभा विघटन सिफारिस गरी राष्ट्रपतिबाट विघटनको घोषणा भएकोमा उक्त घोषणालाई बदर गर्न माग राखेर दायर गरिएको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ,’ प्रचण्ड–माधव समूहले आयोगमा बुझाएको पत्रमा लेखिएको छ, ‘अदालतबाट विचाराधीन विषयमा निर्णय आउनुअगावै निर्वाचन आयोगले मुद्दालाई प्रभाव पार्ने गरी निर्वाचनको तयारीको कामकारबाही अघि बढाउनु न्यायसंगत हुँदैन, तसर्थ अदालतबाट रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निर्वाचनसम्बन्धी कुनै पनि काम कारवाही अघि नबढाउन गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

तर, निर्वाचन आयोगले भने आफू कानुनअनुसार अघि बढेकाले निर्वाचन तयारी रोक्न नमिल्ने बताएको छ ।

आजको नागरिक दैनिकमा समाचार छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार