logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

यस्तो छ नेता बास्ताेलाकाे पछिल्लो अवस्था ?


  • राजनीति
  • बिहिबार, माघ १ २०७७

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई हिजाे प्रहरीले गिरफ्तार गर्याे । उनलाई प्रहरीले मकवानपुर सीमामा पर्ने ललितपुरको बागमती गाउँपालिका गिम्दीबाट बुधबार पक्राउ गरेको हो ।

उनीसँगै खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) का सहयोगी विवेक कुमाल पनि पक्राउ परेको उच्च प्रहरी स्रोतले बताए । प्रहरी स्रोतका अनुसार उनीहरूको साथबाट डायरी, ल्यापटप र पार्टीको महत्वपूर्ण कागजात कब्जा गरेको बताएको छ ।

प्रहरी स्रोतका अनुसार ललितपुर र मकवानपुरको सीमा क्षेत्र गिम्दीबाट उनीहरू पक्राउ परेका हुन् । उनीहरूलाई अहिले गिम्दी प्रहरी चौकीमै राखिएको छ । प्रहरी स्रोतका अनुसार प्रहरी बाँस्तोलालाईभन्दा पनि विप्लव नेकपाका दोस्रो तहका नेता प्रकाण्डलाई पक्राउ गर्न गिम्दी पुगेको थियो ।

एक प्रहरी अधिकारीले भने, ‘हामी विश्वकर्मा (प्रकाण्ड)लाई पक्राउ गर्न पुगेका थियौँ । उनी त्यहाँ थिएन । तर, बाँस्तोला र विश्वकर्माका सहयोगी अपरझट देखिए । हामीले दुवै जनालाई नियन्त्रणमा लिइहाल्यौँ ।’

प्रकाण्डको खोजीमा अप्रेशन चलाएको प्रहरीसँग ठूलो टिम पनि नभएको त्यहाँ पुगेका एक प्रहरीको भनाइ छ । प्रकाण्ड पनि त्यही क्षेत्रमा रहेको अनुमानमा खोजीका लागि मकवानपुर प्रहरीसँगको समन्वयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रहरी स्रोतका अनुुुसार प्रकाण्डका सहयोगी कुमालको मोबाइल सिग्नल केही दिनदेखि सक्रिय थियो । दुई दिनअघि दक्षिण ललितपुर र मकवानपुर सीमा क्षेत्रमा उनको मोबाइल ‘सिग्नल’ देखिएको थियो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिट पार्टीका वार्ता टोली सदस्य धर्मेन्द्र बाँस्तोला बुधबार दिउँसो ललितपुरबाट पक्राउ परेका छन् । बाँस्तोलासँगै विवेक कुमाल, विश्वास र प्रकाश शाही पनि पक्राउ परेको जनाइएको छ ।

सरकारसँग अनौपचारिक वार्ताको तयारीका बेला वार्ता टोलीकै सदस्य समातिएको विप्लवको पार्टीका एक नेताले बताए ।

‘सरकारका मानिसहरुसँग अनौपचारिक तहमा हाम्रो कुराकानी भइरहेका थिए । वार्ताका लागि गम्भीरता देखाउँदै पार्टीको तर्फबाट तीन सदस्सीय टोली गठन गरेका थियौं । तर त्यसमध्ये एक सदस्य गिरफ्तारीमा पर्नुभएको छ’, ती नेताले भने, ‘हामीले बनाएको वार्ता टोलीमा यी यी मान्छे थिए भन्ने सरकारका मान्छेलाई कुनै न कुनै रुपमा सन्देश पुगिसकेको थियो ।

पार्टीभित्रको क्षयीकरण, कोरोना महाव्याधीपछिको आर्थिक सामाजिक अवस्था, राजनीतिक संकट लगायतका कारण उक्त पार्टी सरकारसँग वार्ता गर्न तयार देखिएको थियो । हालै सम्पन्न पार्टीको केन्द्रीय समितिकाे बैठकबाट बार्ता गर्न भन्दै नेता प्रकाण्डकाे नेतृत्वमा ३ सदस्यीय बार्ता टाेली बनेको थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार