logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विप्लवद्धारा १० गते नेपाल बन्दकाे घाेषणा


  • राजनीति
  • बिहिबार, माघ १ २०७७

विद्राेही नेपाल कम्युनिस्ट पार्टी नेकपाले माघ १० गते नेपाल बन्दकाे घाेषणा गरेकाे छ। नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्ताेला लगायतका नेता गिरफ्तारी काे बिरुद्ध नेपाल बन्दकाे आयाेजना गरिएकाेे हाे ।

बिहिवार  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्आर विक्फ्नारम चन्द विप्लवले एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रिय सचिवालय सदस्य तथा अन्तराष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला कञ्चन सहितका नेता कार्यकर्तालाई प्रहरीले बिना कारण गिरफ्तार गरेको विरोधमा नेपाल बन्द सम्मका आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका हुन ।

विद्रोही नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले जारी विज्ञप्तिमा भनिएकाे छ ‘गत बुधबार दिउँसो ३ गते पार्टीको काममा रहेको समयमा केन्द्रिय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला कञ्चन सहित ब्युरो सद्स्य विवेक र विशाललाई ललितपुरको बाग्मति गाउँपालिकाबाट पक्राउ गरेको प्रति विरोध एवं घोर भर्त्सना गर्दै माग ३ गते देखि १० गतेसम्म आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन।

विद्रोही नेकपाले घोषणा गरेको आन्दोलनका कार्यक्रम अनुसार माघ ३ गते देशव्यापी विरोध जुलुस, माघ ५ गते देशव्यापी विरोध सभा, माघ ७ गते देशव्यापी विरोध प्रदर्शन, माघ ९ गते देशव्यापि मशाल जुलुस र १० गते नेपाल बन्द लगायतका कार्यक्रमहरु रहेका छ्न।

हेर्नुस् विज्ञप्ति

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार