logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

विप्लव सग छिट्टै पार्टी एकता गर्छाै : वैद्य


  • राजनीति
  • आइतबार, माघ ४ २०७७

नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसंग एकता हुन सक्ने बताएका छ्न।

मोरङको बेलबारीस्थित लक्ष्मीमार्गमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै वैद्यले उहाँहरुसंग कतिपय विषयमा हाम्रो असहमतिहरू रहेका छन तर ति असहमति र समस्याको हल भएमा पार्टी एकता समेत हुन सक्ने बताएका हुन।

पत्रकार सम्मेलनमा बोल्दै महासचिव वैद्यले संसदीय व्यवस्था, मुलुकको संविधान र अहिलेको राजनीतिक प्रणाली असफलताको बाटोतर्फ गइसकेको अवस्थामा संसद पुर्नस्थापना जनतालाई धोका दिने विषय मात्रै भएको बताए। उनले भने ” विश्वमा संसदीय प्रणालीहरु असफल हुँदै गइरहेका छन् । नेपालले पनि विश्वका विभिन्न घटनाक्रमबाट पाठ सिक्नु पर्छ,अमेरिका र अरु मुलुक हुँदै नेपालसम्म आइपुग्दा संसद पूरै असफल भएको कुरा लुकेको छैन । विघटित संसद पुर्नस्थापना भए झन् खतरनाक फाँसीवादी चरित्रको उदय हुन्छ ।”

साथै वैद्याले वैशाखमा घोषणा गरीएको मध्यावधि निर्वाचन पनि जनताको पक्षमा नहुने बताएका छ्न। ‘तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने कुरामै अन्योल छ,’ उनले भने, ‘यदि भइहाल्यो भने जनताको हितमा हुने गरी नतिजा आउँदैन ।’

निर्वाचन भएर प्राप्त हुने परिणामले पनि सधैं जनताले दुःख मात्रै पाइरहने र निर्वाचनबाट उल्टै फाँसीवादी चरित्रको उदय हुने भएकाले सबै सचेत बन्नुपर्ने बताउँदै उनले निर्वाचन र संसदीय व्यवस्थाको पक्षमा लाग्नु भन्दा जनगणतन्त्रको बाटोमा अघि बढ्नका आव्हान गरे। ‘जनगणतन्त्रका लागि संसदीय परिपाटीमा अल्झिएका दलबाहेकका शक्तिसँग मिलेर अगाडि बढ्ने हाम्रो योजना छ,’ उनले भने, ‘त्यसका लागि हामी मोर्चावन्दीको तयारीमा छौँ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार