logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

गण्डकका नेता ‘निरु’ काठमाडौबाट गिरफ्तार


  • राजनीति
  • आइतबार, माघ ४ २०७७

बिद्रोही दल नेपाल कम्युनिस्ट पार्टीका युवा नेता तथा गण्डक सदस्य निरु थापा काठमाडौ बाट गिरफ्तार भएकाछन । काठमाडौंको टोखामा बाटो हिडिरहेको अवस्थामा गिरफ्तार गरेको भन्दै नेकपा गण्डक ब्युरो इन्चार्ज शिवाले भत्सर्ना गरेकाछन ।

थापालाइ शनिवार गिरफ्तार गरेर अभद्र ब्यवहारको मुद्दा दर्ता गरेको छ भने सात दिनको म्याद थपेर महाराजगन्ज वृतमा राखेको अधिवक्ता सन्तोष कोइरालाले जानकारी दिएकाछन ।

एकपछी अर्को संकटमा फस्दै गएको दलाल सत्ताले आफ्ना नेता कार्यकर्ता माथी अनावश्यक धरपकड, गिरफ्तारी र दमन गरेको भन्दै इन्चार्ज शिवाले गिरफ्तार थापाको अविलम्ब रिहाइको माग गरेकाहुन ।

साथै नेकपा गण्डकले आफ्नो पार्टीका केन्द्रिय नेता धर्मेन्द्र बास्तोलाको गिरफ्तार प्रतिको बिरोधमा माघ १० गते आव्हान गरिएको नेपाल बन्दमा सहयोग गर्न सबैमा जनसमुदायमा अपिल समेत गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार