राजनीति
बिद्रोही दल नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको बन्दको बिहानै पाल्पामा बम बि’स्फोट भएको छ । एकाबिहानै ठुलो आवाज सहित तानसेन नजिकै बि’स्फोटको आवाज सुनिएको स्थानीय जनताले बताएका छन । तानसेनकै बतासे र प्रभासमा सडक अवरुद्ध गर्न टायर बालिएको जनाएको छ । पाल्पामा छोटो तथा लामोदुरीका कुनैपनी सवारी साधन चलेका छैनन् ।
तानसेनमा नै आज ओली समुहको कार्यक्रम रहेकोछ । ओली समुहका नेता तथा प्रदेश मुख्यमन्त्री शंकर पोखरेल र पुर्व मन्त्री महेश बस्नेत सहभागी हुने कार्यकमलाइ नै प्रभावित गर्ने गरी बि’स्फोट भएको स्थानीयहरुको भनाइरहेकोछ । यद्यपि बि’स्फोट बार नेकपाले जिम्मेवारी लिइसकेको छैन ।
त्यस्तै एकाबिहानै अर्घाखाँचीको सदमुकाम सन्धिखर्कमा ब’म भेटिएको छ । सडकमा राखिएको बम बि’स्फोट भनेको भएकोछैन । उक्त ब’मलाइ डिस्पोजल टोलीले डिस्पोज गर्न लागेको प्रत्यक्षदर्शीको भनाइ रहेको छ । बन्दको एकाबिहानै लुम्बिनीका जिल्लाहरु प्रभावित भएका छन ।
नेकपा नेता कार्यकर्तामाथि द’मन, गि’रफ्तारी, झुठा मुद्दा र या’तना दिएको साथै नागरिकमाथि चरम अ’त्याचार र अन्याय थोपरेको भन्दै वि’रोध आज नेपाल बन्दको आयोजना गरेको छ । आजको बन्द नेकपाका नेता धमेन्द्र बास्तोलाको गि’रफ्तारीको प्रतिरोधमा गरिएको नेकपाले जनाएको छ ।
बन्दको कारण यातायात आंशिक प्रभावित भएको । बन्दको प्रभाव ललितपुर, भक्तपुर र काठमाडौं लगाएत देशैभर प्रभाव परेको बुझिएको छ । अहिलेसम्म कुनै अप्रीय घट’नाको समाचार प्राप्त भएको छैन ।
काठमाडौ उपत्यकाबाट बाहिरका लागि छुट्ने सार्वजनिक यातायातका सवारी छुटेका छैनन् । चलेका आंशिक सवारीमा सुरक्षाकर्मी राखेर चलाइएको छ । उपत्यकाबाट भित्रिने सवारी पनि रोकिएका छन् । सा–साना बजारहरु खुलेपनि ठूला बजार र पसलहरु बन्द नैरहेका छन ।
विद्राेही नेपाल कम्युनिस्ट पार्टी नेकपाले आज माघ १० गते नेपाल बन्दकाे घाेषणा गरेकाे हो । नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्ताेला लगायतका नेता गि’रफ्तारी काे बिरुद्ध नेपाल बन्दकाे आयाेजना गरिएकाेे हाे ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रिय सचिवालय सदस्य तथा अन्तराष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला कञ्चन सहितका नेता कार्यकर्तालाई प्रहरीले बिना कारण गिरफ्तार गरेको वि’रोधमा नेपाल बन्द सम्मका आ’न्दोलनका कार्यक्रमहरू घोषणा गरेका थिए ।
विद्रोही नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले जारी गरेको बिज्ञप्तीमा पार्टीको काममा रहेको समयमा केन्द्रिय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला कञ्चन सहित ब्युरो सद्स्य विवेक र विशाललाई ललितपुरको बाग्मति गाउँपालिकाबाट पक्राउ गरेको प्रति वि’रोध एवं घोर भर्त्सना गर्दै माग ३ गते देखि १० गतेसम्म आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका थिए ।
वि’द्रोही नेकपाले घोषणा गरेको आ’न्दोलनका कार्यक्रम अनुसार माघ ३ गते देशव्यापी विरोध जुलुस, माघ ५ गते देशव्यापी विरोध सभा, माघ ७ गते देशव्यापी विरोध प्रदर्शन, माघ ९ गते देशव्यापि मशाल जुलुस र १० गते नेपाल बन्द लगायतका कार्यक्रमहरु सम्पन्न गरिसकेको छ ।
राज्य गैरजिम्मेवार बनेको भन्दै सर्वसाधारण आ’क्रोशित बनेका छन् । सरकारले नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिती सदस्य शुदर्शन,कंचन पोलिटब्यूरो सदस्यहरु केन्द्रिय सदस्यहरु र जिल्ला तहाका नेता कार्यकर्तालाइ मुद्दा लगाएर महिनौंदेखि हिरासतमा राख्दै आएको छ । भने कतिपय नेता जेल जिवन बिताइरहेका छन ।