logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

संसद पुनस्थापना भए राजतन्त्र ल्याउने वादलको चेतावनी


  • राजनीति
  • सोमबार, माघ १२ २०७७

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विघटित संसद पुनस्थापना भए राजतन्त्र पनि पुनस्थापना हुने बताएका छन्। नेकपा ओली समूहले कालिकोटमा आयोजना गरेको सभामा थापाले संसद पुनस्थापना नहुने भन्दै त्यसको माग गर्नेहरू प्रतिगामी भएको बताए।

संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्ने स्पष्ट कानूनी व्यवस्था गरिएकाले काम गर्ने अवस्था नभएकाले विघटन गरिएको उनको दाबी छ। ‘यो क्रान्तिकारी कदम हो। संसद पुनस्थापना अहिले सम्भावना छैन,’ उनले भने, ‘विघटित संसद पुनस्थापना गरे राजतन्त्रको पुनस्थापना हुन्छ।’

ताजा जनादेशका लागि निर्वाचनको घोषणा भइसकेकाले त्यसका लागि तयार हुन सबै राजनीतिक दलहरूलाई उनले आग्रह गरे। प्रधानमन्त्री केपी ओलीले देशमा चालेको समृद्धिको यात्रा रोक्न प्रतिगामी तत्वहरूले कदम चालेको उनले दाबी छ।

नेकपाभित्रै शीर्ष नेताहरू राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्षको लोभमा परेर प्रधानमन्त्री ओलीलाई कथित आरोप लगाएर पार्टी एकताविरोधी काम गरेकाले उनीहरू प्रतिगामी तत्वको मतियार भएको थापाको जिकिर छ। ‘नयाँ जनमत लिने अवसर दिएका छौँ,’ उनले भने, ‘प्रधानमन्त्री हुने चाहना भएको भए जनतामा आउनुहोस्।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार