राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट प्रवासी मोर्चा मलेसियाद्वारा जनयुद्ध र सहिद दिवस पुर्व संध्यामा बिषेश स्मरण तथा अन्तरक्रिया कार्यक्रम बृहत रुपमा सम्पन्न गरेको छ ।
२०२१ जनवारी – २४ कादिन जनप्रगतिशील मोर्चा मलेसिया आयोजनामा जनयुद्ध र सहिद दिवस को पुर्व संध्यामा बिषेश स्मरण तथा अन्तरक्रिया विभिन्न देशहरु बाट बौद्धिक श्रमजीवी यूवाहरु उल्लेखिनिय उपस्थित भव्य र सानदार रुपमा कार्यक्रम सम्पन्न भएको जानकारी जनप्रगतिशील मोर्चा बाट प्राप्त भएको छ। प्रमुख अतिथि विशिष्ट अथिति र अथिति हरुबाट मुलभुत रुपमा भएको बृहत छलफल जनयुद्ध र सहिद दिवस को पुर्व संध्यामा बिषेश स्मरण तथा अन्तरक्रिया कार्यक्रम प्रस्तुत भएको बिषय समसामयिक र अत्यन्त महत्वपूर्ण रहेको त्यहि विषय लाई छोटकरीमा प्रस्तुत गरिएको छ।
विश्व समाज भूमण्डलीय निगम पुँजीवादले बिश्व भर रहेका श्रमजीवीहरु लाई मात्र नभई खाली नाफाको लागि प्रकृति श्रोत र साधन माथि गरिएको दोहनको कारण विश्व प्रयावरण नै ध्वस्त बनाएको छ भने विश्व ब्रह्माण्ड समाप्त हुने परिस्थिति सृजित भएको छ। विश्व ब्रह्माण्ड नै समाप्त हुने खतरा छ। किनकी आजको पुँजीवादी बिश्व असमान वितरण प्रणाली र मजदुर शोषण र नाफा ब्यक्तमा केन्द्रित गर्ने प्रणालीले बिश्वा ब्राह्मण नै समाप्त पार्ने समाज व्यवस्थाभित्र मानव मुक्ति र संरक्षण को बिषय परिकल्पना सम्मान पनि गर्ने सकिन्न त्यसकारण पुँजीवादी व्यस्था संसार बाटै ध्वस्त पारी वैज्ञानिक समाजवाद स्थापना नै विश्वभर छरिएर रहेका श्रमजीवीहरुको बिशेष दायित्व हो। बिषय बैद्धिक ऎतिहासिक तथ्य को आधार गम्भीर छलफल र बहस भएको थियो।
त्यो सँगै नेपालको दलाल संसदीय ब्यवस्था दिनप्रतिदिन असफलता र राष्ट्रिय संकटको साथै फरक विचार राखेकै आधारमा राजनैतिक दल प्रतिबन्धित हुनुपर्ने। जनता मारिनु पर्ने लोकतान्त्र र गणतन्त्र ल्याउन अतुलनीय योगदान गर्ने होनहार नेता र योद्धा हरु जेलमा कहिदहुनु पर्ने भ्रष्टाचार दलाली तस्कर लुटखसुट बिदेशी हरुबाट राष्ट्रियमाथि को नांगो हस्तक्षेप हेपाह प्रवृत्ति सहनु पर्ने भूमि गुमाउनु पर्ने ह्वाईट हाउस र दिल्ली बाट खुलेआम देशको स्वाधीनता सार्वभौमिकता परवाहन अधिकार माथि बारम्बार हमला हुने त सत्ता रहेका दलाल उद्धार हरु देश नै बिदेशी सुम्पिन तयार त सत्ता नछोड्ने राष्ट्र र जनता लाई बिदेशी दलालहरुको जंगुलबाट मुक्त गर्ने नचाहने प्रवृत्तिको डटेर मोर्चा विदेश मा रहेका ७० लाख हारहारीका यूवाहरु पनि एक पटक देशको स्वाधीनता सार्वभौमिकता भौगोलिक अखण्डता बैदेशिक हस्तक्षेप विरुद्ध एक भएर अगाडि बढ्नु पर्ने धारणा राखेकाछन ।
सबै देशवाट उपस्थित मोर्चा जिम्मेवार कमरेडहरुले आफ्नो धारणा राख्दै जनयुद्ध र सहिद दिवस को पुर्व संध्यामा बिषेश स्मरण तथा अन्तरक्रिया कार्यक्रम मार्फत जनयुद्धको समाजमा रुपान्तरण अग्रणी भूमिका रहेको र क्रा’न्ति अपुरै रहेको साथै क्रान्ति र संघर्ष जारी राख्दै सहिद सपना पूरा गर्नु पर्दछ बन्दै जनयुद्ध दिवस लाई उच्च स्मरण गर्दै बिर सहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली र सहिद परिवार लाई सम्मान सहित कार्यक्रम सम्पन्न भएको छ
कार्यक्रम विज्ञान प्रविधिको उच्चतम प्रयोग गर्दै जुम एप्स मार्फत कार्यक्रम सम्पन्न गरिएको थियो भने यूरोप का विभिन्न देशहरु साथै अमेरिकी, जापान, हंकङ, साउदी ,कतार लगायत देशका बिप्लब निकट प्रवासी मोर्चाहरुको उल्लेखनिय उपस्थिति सहित मलेसिया मोर्चा को अायोजनामा ” जनयुद्ध र सहिद दिवस को पुर्व संध्यामा बिषेश स्मरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो।
तुफान सिंहको सहयोगमा तयार पारिएको सामग्री