logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

वामदेवले अभियान घोषणा गर्दै : प्रचण्ड र ओलीलाई निम्तो !


  • राजनीति
  • बुधबार, माघ १४ २०७७

नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले आज पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै छन्। नेकपा दुई समूहमा विभाजन भएको बेला गौतमले एकता अभियानको घोषणा गर्न लागेका हुन्।

ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा औपचारिक कार्यक्रम गरी नेकपा एकता राष्ट्रिय अभियानको घोषणा हुने गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिए। सो कार्यक्रममा दुवै समूहका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई निम्तो दिइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि ओली र पुष्पकमल दाहाल प्रचण्ड दुई समूहमा विभाजित भएपछि गौतमले कुनै समूहमा नलाग्ने बताउँदै आएका थिए। उनले प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमको भने विरोध गर्दै आएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार