राजनीति
बिद्रोही दल नेपाल कम्युनिस्ट पार्टीका युवा नेता तथा गण्डक सदस्य निरु थापा काठमाडौ सर्वोच्च अदालतको गेटबाटै पुनः गिरफ्तार भएकाछन । पारीवारीक स्रोत अनुसार उनको अवस्था अज्ञात रहेको जनाएको छ ।
काठमाडौंको टोखामा बाटो हिडिरहेको अवस्थामा माघ ३ गते प्रहरीले गिरफ्तार गरेको थियो उनलाइ आज सर्वोच्च अदालत रिहाको आदेश दिएको भएता पनी प्रहरीले अदालतकै गेटबाट गिरफ्तार गरेको नेकपा स्रोतले जनाएको छ ।
थापालाइ माघ ३ गते गिरफ्तार गरेर प्रहरीले अभद्र ब्यवहारको मुद्दा दर्ता गरेको थियो।
निर बहादुर थापाको तर्फ देखी दिलमाया थापाले हालेको बन्दी प्रत्यक्षीकरण रिट माथी सर्बोच्च अदालतको न्यायधिसहरु प्रकाशमानसिंह राउत र टंकबहादुर मोक्तानको संयुक्त ईजलासले नेता निरुलाई म्याद थप गरेर थुनामा राख्नु पर्ने कुनै कारण नभएको भन्दै थुनामुक्त गर्न आदेश दिए लगत्तै सर्बोच्च परिसरको गेटबाट थापालाई प्रहरीले गिराफ्तार गरी बेपत्ता बनाएको हो ।
निबेदक थापको तर्फबाट बरिष्ठ अधिबक्ता एकराज भण्डारी,अधिवक्ताहरु कपिलचन्द्र पोख्रेल,सन्तोष कोईराला र चुडाबहादुर निरौलाले बहस गरेका थिए । नेकपा नेता थापा केही दिन अघि उपचारका लागी काठमाण्डौ आएको बेला टोखा क्षेत्रबाट पक्राऊ परेका थिए। बिना कारण आफ्नानेतालाई गिराफ्तार गरिएको भन्दै नेकपाले बिरोध गर्दै आएको छ ।

