राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धमेन्द्र बास्तोला कन्चन गिरफ्तार परेको १५ दिन पछि सर्बोच्च अदालतमा बन्दी प्रत्यक्षिकरणको रिट दायर गरिएको छ । प्रहरीको गैर न्यायिक गिरफ्तारीको विरुद्ध उनकी जिवन संगिनी हिमा बास्तोलाले आज सर्वोच्च अदालतमा रिट दायर गरेकीछन ।
बास्तोला हाल प्रहरी परिसर जावलाखेल ललितपुरको हिरासत रहेका छ्न । बास्तोला विरुद्ध प्रहरीले बिस्फोट लगाएका मुद्दा दर्ता गरेको छ । उनको रिट उपर भोली सर्वोच्चमा पहिलो बहस हुनेछ ।
जसमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी अधिवक्ताहरु कपिल चन्द्र पोखरेल, सन्तोष कोईराला , राजु अधिकारी , कान्तिराम ढुङ्गाना , चुडा बहादुर निरौला लगाएतका वकिलहरुले बहस गर्नुहुने छ ।
‘कंचन’ बाट केही नफुत्केपछी प्रहरी अलमलमा
पुष २९ गते ललितपुरको दक्षिणी भेगबाट पक्राउ परेका नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा उच्च नेता धर्मेन्द्र बाँस्तोलाको डायरीबाट प्रहरीले खासै नयाँ कुरो फेला पार्न सकेन । डायरीमा आन्तरिक तालिमबाहेक थप सूचना केही नभेटिएपछि प्रहरी अलमलमा पर्नु स्वाभाविक हो ।
प्रारम्भिक बयान र केरकारमा उनले पक्राउ परेको बेला चर्चामा आएजस्तो त्यसबेला खड्ग बिक ‘प्रकाण्ड र अन्य उच्च नेता आफूसँग नरहेको बताएका छन् । स्रोतले बाँस्तोलालगायतका नेता तथा कार्यकर्तालाई यातायातको साधन प्रयोगमा सहयोग पुर्याएका एकाध स्थानीय कार्यकर्ता मात्र पक्राउको क्रममा उम्किएको बताएको छ ।
बाँस्तोलाको बयान अझै नसकिएको स्रोतको दाबी छ । बयानमा प्रहरीले अनेक तरहबाट सोध्दा पनि सरकारसँग वार्ताको पहल भएको बारे उनले एक शब्द उच्चारण गरेका छैनन् । उनलाई महानगरीय प्रहरी परिसर, जावलाखेलमा राखिएको छ । प्रहरीको विशेष ब्युरोले अहिलेसम्म आफ्नो सेफ हाउसमा तानेको छैन ।
उनीसँगै समातिएका तीनजनाको जिल्ला अदालत ललितपुरबाट म्याद थप गरिएको छ । वारेण्ट जारी भएका फरार अभियुक्तलाई भगाउन सहयोग गरेको आ’रोपमा दुई जनामाथि समेत म्याद थप गरिएको प्रहरीले बताएको छ । मुलुकको अपराधसंहितामा भएको नयाँ व्यवस्थाबमोजिम नै म्याद थप गरिएको हो । बाँस्तोलाविरुद्ध यसअघि नै तीन वटा मुद्दा दर्ता छ ।
उनीविरुद्ध हात’हतियार, खरखजाना बि’स्फोटक पदार्थ, राजद्रोह र संगठित अपराधमा २०७५ पुस १२ को ललितपुर गोदावरीको एउटा मुद्दा कायम छ । त्यसैगरी, बिस्फो’टक पदार्थ, ब’म वि’स्फोट गराई कर्तव्य, ज्यान मा’र्ने उद्योग, राज्यविरुद्धको कसुर, विध्वंशात्मक कार्य र संगठित अपराधमा २०७५ माघ ११ को एनसेल काण्ड पनि जोडिएको छ ।
बाँकी दुई जनालाई भने प्रहरीले फरार दोषीलाई भगाउन सहयोग पु¥याएको आरोपमा अपराधसंहिताको १ सय २ नम्बरअनुसार म्याद थप गरेको हो

यसैबीचमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बिज्ञप्ति जारी गर्दै नेपाल बन्दलगायत सङ्घर्षका कार्यक्रमहरूमा सहयोग पुर्याउनुहुने राजनीतिक पार्टी, नेता, कार्यकर्ता, यातायात व्यवसायीलगायत सम्पूर्ण सङ्घसंस्था, बुद्धिजीवी, नागरिक अगुवा, पेसा व्यवसायी, सञ्चारकर्मी तथा सम्पूर्ण जनसमुदायप्रति हार्दिक धन्यवाद दिदै फासिवादी दमनले क्रान्ति नरोकिने, अझ थप उचाइमा प्रतिरोध गर्दै अघि बढ्ने ठोकुवा गरेका छन् । महासचिव विप्लवले पार्टीले आह्वान गरेको नेपाल बन्दलगायत सम्पूर्ण सङ्घर्षका कार्यक्रम पूर्ण रूपले सफल भएको समेत बताएका छन् ।महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताको आवश्यकता पूरा गर्न पूर्ण रूपले असफल वर्तमान केपी वली सरकार यतिबेला आफैँले संसद् विघटन गरेपछि स्वयम् चरम सङ्कटमा पर्दै गइरहेको छ । राष्ट्र र जनताका तमाम समस्याहरू समाधान गर्नतर्फ केन्द्रित नरही वर्तमान सरकार फासिवादी शैलीले हाम्रो पार्टी, क्रान्ति र जनताविरुद्ध निरन्तर दमनमा तल्लीन रहेको छ । दमनले क्रान्ति रोकिँदैन, बरु अझ थप उचाइमा प्रतिरोध गर्दै अघि बढ्छ ।’महासचिव विप्लवले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘गत पुस २९ गते हाम्रो पार्टीका केन्द्रीय सचिवालय सदस्य कमरेड धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता–कार्यकर्ताहरूको गिरफ्तारीविरुद्ध आज माघ १० गते हाम्रो पार्टीद्वारा आयोजित नेपाल बन्द कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल बन्दलगायत सङ्घर्षका कार्यक्रमहरूमा सहयोग पुर्याउनुहुने राजनीतिक पार्टी, नेता, कार्यकर्ता, यातायात व्यवसायीलगायत सम्पूर्ण सङ्घसंस्था, बुद्धिजीवी, नागरिक अगुवा, पेसा व्यवसायी, सञ्चारकर्मी तथा सम्पूर्ण जनसमुदायप्रति हार्दिक धन्यवाद प्रकट गर्दछौँ ।’यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – “नेपाली जनताको आवश्यकता पूरा गर्न पूर्ण रूपले असफल वर्तमान केपी वली सरकार यतिबेला आफैँले संसद् विघटन गरेपछि स्वयम् चरम सङ्कटमा पर्दै गइरहेको छ । राष्ट्र र जनताका तमाम समस्याहरू समाधान गर्नतर्फ केन्द्रित नरही वर्तमान सरकार फासिवादी शैलीले हाम्रो पार्टी, क्रान्ति र जनताविरुद्ध निरन्तर दमनमा तल्लीन रहेको छ । दमनले क्रान्ति रोकिँदैन, बरु अझ थप उचाइमा प्रतिरोध गर्दै अघि बढ्छ ।गत पुस २९ गते हाम्रो पार्टीका केन्द्रीय सचिवालय सदस्य कमरेड धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता- कार्यकर्ताहरूको गिरफ्तारीविरुद्ध आज माघ १० गते हाम्रो पार्टीद्वारा आयोजित नेपाल बन्द कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल बन्दलगायत सङ्घर्षका कार्यक्रमहरूमा सहयोग पुन्याउनुहुने राजनीतिक पार्टी, नेता, कार्यकर्ता, यातायात व्यवसायीलगायत सम्पूर्ण सङ्घसंस्था, बुद्धिजीवी, नागरिक अगुवा, पेसा व्यवसायी, सञ्चारकर्मी तथा सम्पूर्ण जनसमुदायप्रति हार्दिक धन्यवाद प्रकट गर्दछौँ ।”