logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रचण्डकाे ‘स्तर’बारे थापाले लेखे यस्तो स्टाटस


  • राजनीति
  • बिहिबार, माघ १५ २०७७

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्रीले पशुपतिनाथमा पुजा गरेर जनताकाे सेवा गरेको दावी गरेका छन् । प्रधानमन्त्री एवं पशुपति विकास काेषका संरक्षक केपी शर्मा ओलीेले माघ १२ गते बिहान ८:३० बजे श्री पशुपतिनाथ मन्दिरकाे भ्रमण, निर्माणकार्यकाे निरीक्षण एवं विशेष पूजा र दीप प्रज्वलन गरेका थिए ।

यसै बिच सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै भैंसी पुजा गर्ने प्रचण्ड भन्दा ओली काे स्तर अव्वल रहेको समेत दावी गरेका छन् ।

हेर्नुस स्टाटस

पहिलाे तस्बिर –
प्रधानमन्त्री एवं पशुपति विकास काेषका संरक्षक केपी शर्मा ओलीेले माघ १२ गते बिहान ८:३० बजे श्री पशुपतिनाथ मन्दिरकाे भ्रमण, निर्माणकार्यकाे निरीक्षण एवं विशेष पूजा र दीप प्रज्वलन गर्नुभयाे ।
सुनकाे जलारी निर्माणकाे मन्दिरकाे याेजनामा जम्मा रहेकाे ६५ कराेड बजेटमा सरकारका तर्फबाट ३० कराेड उपलब्ध गराउने प्रतिबद्धताकाे घाेषणा गर्नुभयाे ।
पहिले पित्तल र तामाकाे जलारी रहेकाेमा अब १४१ किलाे सुनकाे जलारी निर्माणकाे सुनिश्चितता भएको छ ।
दैनिक हजारौं जनता श्रद्धाका साथ पूजाआजामा जाने पशुपतिनाथ मन्दिरमा उहाँकाे यस कार्यकाे सर्वत्र प्रशंसा भएकाे छ ।
दाेस्राे तस्बिर –
पुष्पकमल दाहाल”प्रचण्ड” ले आफ्नाे शक्ति बृद्धिका खातिर सायद सुनसरीमा भैंसी पूजा गर्नुभएको थियाे !
भैंसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणकाे लागि पूजा गर्नुजस्ताे स्वभाविक मानिंदैन ।
बुझ्ने आआफ्नै स्तर हुन्छ ।
फरकचाहिं यत्ति हाे !

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार