राजनीति
प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले विराटनगरमा शुक्रबार वृहत विरोध सभामा प्रचण्ड माधव समुहका अध्यक्ष प्रचण्ड माथी जुत्ता प्रहार भएको अपुष्ट खबर छ ।
संसद विघठनका बिरुद्ध मा विराेध सभा आयाेजना गरेकाे उक्क समुहले प्रधानमन्त्रीको उक्त कदम सच्याउन दवाव दिएको छ । विराटनगरको जनआन्दोलन चोकमा आयोजित विरोध सभालाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्य योगश भट्टराईलगायतले सम्बोधन गर्दै प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै सच्याउन माग गरेका थिए ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा विघटनले नेपालको सार्वभौमिकतामाथि प्रहार भएको आरोप लगाए । ‘प्रधानमन्त्रीले संविधान विपरित प्रतिनिधि सभा विघटन गरेर नेपालको सार्वभौमिकता विघटन गर्ने प्रयत्न गर्नुभयो,’ अध्यक्ष प्रचण्डले भने ‘जनताले बनाएको संविधान विघटन गर्ने प्रयत्न गर्नुभयो तर जनताले उहाँको कदमलाई अस्वीकार गर्नेछन् ।’