logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

आकस्मिक प्रचण्ड माधव समुहकाे केन्द्रीय समितीकाे बैठक आह्वान


  • राजनीति
  • आइतबार, माघ १८ २०७७

नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको छ । सोमबार ११ बजेका लागि बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

बैठकमा माघ २८ गते काठमाडौंमा हुन लागेको विरोध प्रदर्शन र अन्य समसामयिक विषयमा छलफल हुने श्रेष्ठले जानकारी दिए । पार्टीको आधिकारिकता विवाद निर्वाचनका विषयमा बैठकमा केन्द्रित हुने उनको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको निर्णय लिएपछि प्रचण्ड नेपाल समूह आन्दोलित छ ।

संसद् पुनर्स्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने उक्त अडानमा छ । नेकपा यतिबेला केपी ओली र प्रचण्ड नेपाल गरी दुई कित्तामा विभाजित छ । दुबै समूहले आधिकारिता दाबी गरिरहेका छन् ।

तर ११ माघमा आयोगले नेकपाका दुवै पक्षलाई आधिकारिकता दिन अस्विकार गरेको थियो । आयोगले ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी नै आधिकारीक भएको निर्णयसमेत गरेको छ। ४ सय ४१ जनामध्ये आफूहरूसँग २ सय ९७ जना केन्द्रीय सदस्य रहेको प्रचण्ड-नेपाल पक्षको दाबी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार