logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

नेकपाको पहिलो स्थायी कमिटीको बैठक आज बस्दै,यस्ता छन योजना


  • राजनीति
  • शनिबार, असार २ २०७५

काठमाडौं : नेकपाको पहिलो स्थायी कमिटीको बैठक आज बस्दै छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा तीन बजेका लागि बोलाइएको बैठकमा यसअघि सचिवालय बैठकबाट गठित कार्यदलका प्रतिवेदन पेस गरिने छ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको चीन भ्रमण, पछिल्लो राजनीतिक अवस्था, सरकारको कार्यबारे छलफल हुनेछ।

बैठकमा पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थिति सम्बन्धमा दुवै अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

राजनीतिक तथा सांगठनिक अवस्थाबारे महासचिवको प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका तथा आचारसंहिता मस्यौदा कार्यदल गठनको विषयमा समेत छलफल हुने महाचसिव पौडेलले जानकारी दिए।

त्यस्तै पौडेलको संयोजकत्वमा गठित कार्यदलले बुझाएको विधान मस्यौदा एवं नियमावली माथि छलफल गरी पारित गर्ने कार्यक्रमसमेत रहेको छ।

पार्टीले छुट्टाछुट्टै कार्यदल गठन गरेर प्रदेश कमिटी, जिल्ला कमिटी, भ्रातृ संगठनको एकतालगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार