logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

आयाेगले ओलीलाई अध्यक्षकाे मान्यता दिने


  • राजनीति
  • मंगलबार, माघ २० २०७७

नेकपा प्रचण्ड–माधव पक्षले निर्वाचन आयोगले पार्टी विवादमा केपी शर्मा ओलीलाई नै अध्यक्षको मान्यता दिन खोजेको दावी गरेको छ । गत माघ १२ गते आयोगले पठाएको पत्रको जवाफसहितको आधिकारिकताको दावी गर्दै मंगलबार आयोगलाई बुझाएको पत्रमा ओलीलाई हटाएर माधव कुमार नेपाललाई अध्यक्ष निर्वाचित गर्ने पार्टीको निर्णयलाई मान्यता नदिइ घुमाउरो पाराले अस्वीकार गर्दै ओलीलाई नै अध्यक्षको मान्यता दिन खोजेको देखिएको जनाएको छ ।

‘जसबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक मामिलामा हस्तक्षेप गरेको हुन पुगेको छ’, प्रचण्ड माधव पक्षले भनेको छ, ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैधानिकता यसको विधानबाट निश्रृत हुन्छ ।’
विधानलाई आयोगले इन्कार गर्न नसक्ने भन्दै विधान वमोजिम ४४१ जना केन्द्रीय सदस्यमध्ये २८४ जना उपस्थित रहेको पुस सातको बैठकबाट अनुशासनहिन काम गर्ने अध्यक्ष ओलीलाई हटाएको र त्यसको निर्णयपुस्तिकामा आयोगमा पेश गरिसकेको प्रचण्ड माधव पक्षले जनाएको छ ।

त्यस्तै विधानको १८ क देखि घ सम्मको धाराले पार्टीमा २ अध्यक्ष, एक बरिष्ठ नेता, एक महासचिव र एक प्रवक्ताको व्यवस्था गरेपनि दुई अध्यक्षको तलमाथि बरियता घोषित नगरी समान हैसियत तोकिएको उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार