logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेकपा नेता रिहा भएलगत्तै पक्राउ गरि बेपत्ता, हेर्नुस् भिडियाेसहित


  • राजनीति
  • मंगलबार, माघ २० २०७७

सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता धमेन्द्र बाँस्तोलाकाे पेसि माघ २२ गतेकाे लागि सरेकाे छ । आज पेसि ताेकिएपछि नेता बास्ताेला लगायतलाई सर्वोच्च अदालत उपस्थिति गराइएकाे थियाे ।

अर्का नेता विबेक कुमाल र  टिकाराम राखलकाे बहसमा सर्वोच्च अदालतले थुनामा राख्नुपर्ने कुनै कारण नभए ठहर गर्दै तत्काल रिहा गर्न आदेश दिएकाे भएपनि नेताहरु  द्वयलाई सर्वोच्च अदालतकाे गेटबाटै पुन गिरफ्तार  गरि बेपत्ता बनाएकाे छ।

बन्दीप्रत्यक्षीकरणकाे रिट दर्ता गर्दै विवेकका भाई हंश कुमाल र टिकाराम रखालका तर्फवाट जिवनसाथी कमला रखालले रिट हालेका थिए भने बरिस्ठ अधिवक्ता कपिलचन्द्र पाेखरेल  अधिवक्ताहरु  खिमानन्दा अधिकारी सन्ताेष काेइराला र राजु अधिकारीले बहस गरेका थिए ।

न्यायाधीश द्वय न्यायाधीशहरु डा. आनन्द माेेेहनह भट्टराई र टंक माेक्तानकाे संयुुक्त इजलासले नेतालाई निर्दाेष ठहर गर्दै थुना मुक्त गर्न आदेश गरेका थिए ।

२४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउन आदेश जारी गरेको थियोे ।

यस्तै आजै काठमाडौं जिल्ला अदालतले नेकपा काठमाडौं जिल्ला सेक्रेटरी विपिनलाइ डिल्ली बजार कारागार चलान गरेकाे छ । नेता विपिनलाई जिल्ला अदालत काठमाडौं ले २ लाख ५० हजार धराैटी माग गरेको थियोे । उक्त धराैटी जम्मा नभएपछि जेल चलान गरेको हाे ।

सर्वोच्च परिसरबाट नेकपा नेता विवेक कुमाल र टिकाराम रखाल पक्राउ  हेर्नुस् भिडियाे 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार