logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बालुवाटारबाट निस्केर सिधै पेरिसडाँडा, ओलीलाई गंभिर ध’क्का


  • राजनीति
  • बुधबार, माघ २१ २०७७

सत्तारूढ दल नेकपाकाे विभाजनले पुर्व ज’नसेनाकाे टिमलाई आफ्नाे पक्षमा कसरी तान्ने हानथाप  नै चलेकाे छ । सेना समायोजन मार्फत कयाैन अ’याेग्य त कतिकाे मूल्य निर्धारण गरेर घर फर्काइएका जन’सेनाबारे हाल सम्म बेखवर  विघ’ठित नेकपाका नेताहरु तिनै ज’नसेनालाई आफ्नाे पक्षमा ल्याउन तछारमाछार नै गरिरहेका छन । जन’युद्ध र जन’सेना भन्नासाथ आतं’ककारी देख्ने केपी ओली अहिले निकै नजिक छन् भने शान्ति प्रक्रिया पछि कुनै खाेजकाे बिषय समेत नबनाएका प्रचण्ड पनि आफुतिर ता’न्न ज्या’न फालेर लागेका छन् ।

पूर्वमाओवादी ज’नसेनालाई धुमधामसाथ आफ्नो क्या’म्पमा भित्र्याउने प्रधानमन्त्री केपी ओलीको यो’जनालाई स्वयं कालिबहादुर खामले अन्तिम क्षणमा पूरा हुन नदिएको बुझिएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ का खास मान्छेलाई थु’तेर नेकपाको अर्को पक्षलाई मनोवैज्ञानिक द’बाव दिने उद्देश्यका साथ गत साता बालुवाटारमा पूर्व’माओवादी ज’नसेनाहरुको प्रवेश कार्यक्रम राखिएको थियो । तर, सबै बन्दो’बस्त मिलाएपछि खामले सन्देश पठाइदिए, ‘पहिले मेरो मु’द्दा फिर्ता हुनुपर्यो अनि मात्र खुलेर लाग्छु ।’

बालुवाटारमा आयोजित कार्यक्रममा प्रवेश गर्ने अधिकांश पूर्व’माओवादी जन’सेनालाई केन्द्रीय सदस्य बनाउँदै शप’थ खुवाउने योजना बनाइएको बताइन्छ । तर, खामले अन्तिम क्षणमा मु’द्दा फिर्ताको शर्त तेस्र्याइदिएपछि बालुवाटारको रण’नीतिमा असर परेको हो । पूर्व’माओवादीका एकजना नेतासँग खामले भनेका छन् ‘प्रधानमन्त्रीसँग एकचोटि भेटेको हुँ । मु’द्दा फिर्ता भयो भने मात्र सोच्न सकिन्छ भन्ने खबर पठाइदिएको छु ।’

गृहमन्त्री रामबहादुर थापा बादलको प्रत्यक्ष नि’र्देशनमा एयरपोर्टबाट फिर्ता गर्दै पासपोर्ट ज’फत गरिएका लेनिन विष्टले पनि आफूले मुलुकको प्रधानमन्त्रीलाई भेट्न गएको तर कुनै पार्टी विशेषको कार्यक्रममा नगएको प्रति’क्रिया दिएका छन् । बालुवाटारमा गएको समाचार बाहिरिएपछि केही दिनअघि पेरिसडाँडा पुगेका विष्टले भनेका छन्, ‘केपी ओली समूहमा प्रवेश गर्नेवाला छैनौं,’ उनले थपे, ‘प्रधानमन्त्रीले हाम्रा कुरा सुन्छु भनेपछि सुनाउनैका लागि किन नजाने भनेर मात्र गएका हौं । गयौं, कुरा सुनायौं । उहाँले गर्छु पनि भन्नुभएको छ । तर, हामी पार्टी प्रवेश गरेका होइनौं ।’

बालुवाटारले भने प्रचण्डलाई हेग पुर्याउन लेनिन विष्ट केपी ओली समूहमा प्रवेश गरेको शै’लीमा प्रचार गरेको छ । यसअघि आफूले कुनै एउटा सन्दर्भमा बोलेको विषयलाई जोडेर बालुवाटारनिकट मिडियाले प्रचारबाजी गरेको उनको तर्क छ । उनले पेरिसडाँडामा नेताहरूसँग भनेका छन्, ‘प्रचण्डलाई हे’ग लैजाने कि बालुवाटार लाने ?’

उनी भन्छन्, ‘बालुवाटारले हेग लैजाँदैन, यो उनीहरूको रणनीति मात्र हो ।’ केही दिनअघि विष्ट पेरिसडाँडा पुगेर नेताहरूसँग खु’लस्त कुराकानी गरी फर्केको स्रोतको दा’बी छ । बालुवाटारको भेटपछि उनी उता गएका हुन् । भेटमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसँगै हुनुहुन्थ्यो । विष्टले आफ्ना कुरा प्रष्ट’सँग राखेको पेरिसडाँडा स्रोतले बताएको छ ।

त्यसक्रममा उनले भनेका थिए, ‘म केपी ओली गु’टमा प्रवेश गरेको होइन भनेर वि’ज्ञप्ति निकालेको छु । सबैले बुझ्नुपर्ने कुरा के हो भने उहाँ मु’लुकको प्रधानमन्त्री पनि हो । जोसुकै प्रधानमन्त्री हुँदा पनि भेट्ने र कुरा सुनाउने हो । यसपटक मौका पाइयो, सुनाइयो । उहाँले गर्छु पनि भन्नुभएको छ । गर्नुभयो भने राम्रो । त्यो काम पा’र्टीले गरेर हुँदैन ।’ यसरी हानथापमा परेका जन’सेनाले भने आफ्ना मु’द्दामा जसकाे साथ रहन्छ उतै सपाेट गर्ने मनाेस्थिति बनाएकाे देखिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार