राजनीति
नेकपा प्रचण्ड–माधव पक्षले बिहीबार गरेको आमहड्तालमा सहभागी नेताहरुको दृश्य र रुप अरु दिनको तुलनामा फरक देखिन्थ्यो ।
आन्दोलनका क्रममा नेताहरुले सडकमै खानादेखि बिहानको खाजासम्म सडकमै खाएका थिए । पुल्चोकमा भएको प्रदर्शनमा अध्यक्ष प्रचण्डसहितका नेता कार्यकर्ताहरुले कार्यकर्तासँगै चिउरा दालमोठ खाएका थिए ।
लकडाउनको बखत नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आगोमा मासु पकाइरहेको तस्बिर बाहिर आयो । कन्तिमा मासु चलाइरहेका प्रचण्डको साथमा छोरी गंगा दाहाल पनि देखिएकी थिइन् ।
आज प्रचण्ड सडकमा धर्नामा पुगेका छन् । पुल्चोकमा धर्नामा पुगेका उनको अगाडि दालमोठ चिउरा छ । छोरी गंगा दाहाल दालमोठ चिउरा खाँदै गरेको देखिन्छिन् । छेवैमा नेकपा स्थायी कमिटी सदस्य पम्फा भुषाल पनि छिन् ।
१० वर्ष लामो जनयुद्धमा प्रचण्ड रहस्यमयी पात्र थिए । अहिले उनी खानाका सौखिन मानिन्छन् । प्रचण्डले आज दालमोठ चिउरा अगाडि राखेर धर्नामा बसेको दृश्यमा सबैको चासो बढेको छ ।
त्यस्तै नेता नारायणकाजी श्रेष्ठ लगायतका कार्यकर्ताले बागबजारको सडकमा मकै भटमास खाइरहेको देखिन्थ्यो ।
त्यस्तै कोटेश्वरमा नेता लिलामणि पोखरेलले सडकमै खाना खाएका थिए ।