राजनीति
बिद्रोही दल नेकपाका चर्चित नेता धर्मेन्द्र बास्तोलालाइ सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिएको छ । तर अदालतको आदेशलाइ लत्याउदै प्रहरीले पुन गिरफ्तार गरेको छ । उनलाई कमल पोखरी बृतमा लगेको छ ।
आज सर्वोच्च अदालत उपस्थिति गराइएका बास्तोलालाइ सर्बोच्च अदालतका रजिस्ट्रार र नेपाल बार एसोसिएसनका अध्यक्षको रोहवरमा रिहा गर्ने आदेश दिएको हो ।
बास्तोला पत्नी हिमा बास्तोलाले दर्ता गराउनुभएको बन्दि प्रत्यक्षिकरणको रिट दर्ता गरेकी थिइन । उनको रिट उपर २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको भएता पनि पेसी सर्दै आज आदेश जारी भएको हो ।
न्यायाधीश दिपक कुमार कार्की र सुस्मलता माथेमा इजलासले उनलाइ बन्दी बनाउनको आधार र कारण नभएको भन्दै रिहा गर्ने आदेश दिएको हो ।
पश्चिम कमाण्ड इञ्चार्ज रहेका बाँस्तोलाका तर्फबाट हिमा बाँस्तोलाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । गत पुस २९ गते बाँस्तोलासहित चार जनालाई ललितपुरको दक्षिणी भेगबाट प्रहरीले पक्राउ गरेको थियो ।
बाँस्तोलालाई नख्खुस्थित एनसेल टावरमा भएको ब’म बिस्फोटका घटनामा संलग्न रहेको आरोप लागेको थियो । बास्तोलाको पक्षबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ अधिवक्ताहरु कपिल चन्द्र पोखरेल , सन्तोष कोइराला, खिमानन्द अधिकारी र कान्तिराम ढुंगानाले बहस गरेका थिए ।