logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ओलीको कदम प्रतिगामी नै हो : वामदेव गौतम


  • राजनीति
  • शुक्रबार, माघ २३ २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको कदमलाई प्रतिगामीको संज्ञा दिएका छन् ।

गए राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गौतमले यस्तो बताएका हुन् ।

उनले भने-“केपीले चालेको कदम बेठिक हो । असंवैधानिक हो । र, यो रिग्रेसिभ हो । प्रतिगामी हो । किनकी यसले अगाडि जान दिँदैन् । मैले त्यसको विरोधमा त्यसै दिन वक्तव्य जारी गरेको छु । अहिले यो विषय अदालतमा गएको छ। अब यसमा संविधानको व्याख्या हुन्छ । अहिले नै मैले टिकाटिप्पणी गर्दै हिँड्दैन् ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार