राजनीति
अखिल(क्रा’न्तिकारी) गोरखा जिल्ला संयोजक गगन परियारका श्रद्धय बुबा दिलबहादुर परियारको गत माघ १४ गते भएको असमायिक निधन प्रति अखिल(क्रा’न्तिकारी) कास्कि जिल्ला समिति र पृथ्विनारायण क्याम्पस जिल्ला समितिको संयुक्त आयोजनामा श्रद्धान्जलि सभा सम्पन्न भएको छ।

अखिल(क्रा’न्तिकारी) कास्कि जिल्ला समितिका अध्यक्ष पुरन पुनले अध्यक्षता गरेको उक्त श्रद्धान्जलि सभा पृथ्विनारायण क्याम्पस जिल्ला समितिका अध्यक्ष उपेन्द्र परियारले सञ्चालन गरेका थिए भने प्रमुख अतिथि अखिल(क्रान्तिकारी) गण्डक व्युरो समन्वय समितिका संयोजक अटल रहेका थिए। त्यसै गरी अतिथिहरुमा अखिल(क्रा’न्तिकारी)का केन्द्रिय सदस्य प्रकास बास्तोला ,गगन परियार लगायतका रहेका थिए।
उक्त श्रद्धान्जलि सभामा बोल्दै प्रमुख अतिथि अटललेआफ्ना गोरखा जिल्ला संयोजक गगन परियारका बुबाको निधन प्रति हार्दिक अर्पण गर्नुका साथै श्रद्धान्जलि शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गर्दै गरे। साथै उनले एकिकृत जनक्रान्ति मार्फत देशमा वैज्ञानिक समाजवाद ल्याउने र समाजमा भएको धनि गरीव विचको वर्गिय असमानता हटाउने समेत बताएका थिए। उनले दिल बहादुर परिवार भौतिक रुपमा नभय पनि उनले नेपाली समाज रुपान्तरणको लागि गगन परिवार जस्तो एक योद्धा छाडेर गएको बताउँदै दिल बहादुर परिवारको अकल्पनीय निधनले शोक सन्तन्ध परिवारलाइ शोक मा शक्ति बदल्न आग्रह गर्दै शोलाकुल परिवार लाई संगठन ले कहिल्यै अभिभावक गुमायको महसुस हुन नदिने समेत बताय ।

त्यसै गरी अखिल(क्रा’न्तिकारी) गोरखा जिल्ला संयोजक तथा दिलबहादुर परियारका छोराले आफ्ना बाबुको निधनमा अखिल(क्रान्तिकारी) ले आयोजनाको गरेको श्रद्धान्जलि सभामा बोल्दै आफु निरन्तर क्रान्तिमा लाग्ने र एकिकृत जनक्रान्ति मार्फत देशमा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्दै देशको राष्ट्रिय स्वाधिनता रक्षाको लागि निरन्तर लागि पर्ने समेत प्रतिबद्धता जाहेर गरे।
त्यसै गरी अखिल(क्रान्तिकारी)गण्डक व्युरो समन्वय समिति, कास्कि जिल्ला समिति र पृथ्विनारायण क्याम्पस जिल्ला समितिले संयुक्त रुपमा दिएको समवेदना पत्र अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य प्रकाश बास्तोलाले वाचन गरेका थिए।

वि.स. २०३६ सालमा जन्मियका दिलबहादुर परियारको वि.स. २०७७ माघ १४ गते असमायिक निधन भएको थियो।