logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

ओली समुह ‘बा’वादीको जमात हो : राम कार्की


  • राजनीति
  • आइतबार, माघ २५ २०७७

पुर्व मन्त्री तथा नेकपा (बहुमत)का नेता राम कार्कीले ओली समुह एकईश्वरबादी भएको बताएका छन्। नेकपाकाे प्रचण्ड-ओली समुहका नेता कार्कीले आली समुहले एउटै ईश्वर मान्ने गरेको र त्यो ईश्वर भनेको केपी ओली रहेको बताएका हुन। झापामा भएको एक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन।

एकेश्वरवादीहरुको समुहमा माक्र्स, एङ्गेल, माओ, मदन भण्डारी, पुष्पलाल कसैको मतलब नभएको उनले बताए। ‘नेताभन्दा निति प्रदान हुने’ पुष्पलालको भनाई स्मरण गर्दै उनले भने, “हिजो देख्नुभयो होला, मैले हनुमानको पुजा गर्दा बढाबढा हनुमानको मुर्ति देखेको थिए, त्यस्तै मुर्ती थियो ओलीको।”

धर्मको पनि पन्थ हुने बताउदै उनले त्यहाभित्र पनि दुई पन्थ भएको बताए, “त्यहाँ एउटा बावादी छन्, अर्का कामरेडवादी।”
ओली हिजो जेल परेको थाहा पाएका, उनले झापामा गरेको आ’न्दोलन बुझेकाहरु कामरेडवादी भएको भन्दै उनले भने उनिहरु सोझा र पछौटे अवस्थामा रहेकाे बताए। उनिहरुलाइ त्यहाँ कसैले मतलव गर्दैनन्। अहिले ओली समुह सञ्चालन गर्नेहरु बावादी भएको उनको बुझाई छ। अहिले सबै फुर्तिफार्ती बावादीको रहेको भन्दै उनले भने, “आफ्नो बा लाई मानेको होस वा नहोस अहिले उ पनि ओली समुहमा बावादी भएको छ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार