राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अस्तिको काठमाडौंमा सम्पन्न नारायणहिटी अगाडिको जनसभाको भीडको फोटो सार्वजनिक गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा फोटो सार्वजनिक गर्दै सल्लाहकार थापाले त्यसलाई ‘जनसागर’को संज्ञा दिएका छन् ।
प्रधानमन्त्री ओलीले जनताको साथमा भावुक बन्दै आँसु नै खसालेको समेत सल्लाहकार थापाले जनाएका छन् । सरकारी स्रोतसाधनसहित जिम्मेवारी निर्वाह गरिरहेका थापाको सरकारी क्यामेरामा सडकभरि मान्छे देखिएका छन् ।
’
उनले ट्विटरमा लेखेका छन्, ‘नारायणहिटी संग्रहालय गेट अगाडिको जनसागर । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको साथमा भावुक बन्दै आँसु नै खसाल्नुभयो । जनता साथमा भएपछि कोही दुष्टहरूको पनि केही चल्दैन । चेतना भया !
