logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

भण्डारी लामा षड्य’न्त्रपुर्ण ह’त्या’काे जिम्मे’वार माधव प्रचण्ड : मन्त्री भट्ट


  • राजनीति
  • मंगलबार, माघ २७ २०७७

नेकपा ओली समूहका नेता लेखराज भट्टले मदन भण्डारीको हत्यामा जोडिएका अमर लामाको मृ’त्युबारे धेरै र’हस्य रहेको बताएका छन् ।

ओली निकट प्रेस संगठन नेपालको सुदूरपश्चिम प्रदेश भेलामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले दरबार ह’त्याका’ण्डको प्रतिवेदन जस्तै अम’र लामा मा’रिएको प्रतिवेदन पनि सा’र्वजनिक नभएको बताए ।

‘मदन भण्डारीको ह’त्यामा कहिँ न कहिँ ष’ड्य’न्त्रमा केपी ओलीको छ भनेर बाहिर ह’ल्ला फिजाइएको थियो । पछि बुझ्दै जाँदा त त्यतिखेर नेतृत्वमा त माधव नेपाल हुनुहुने रहेँछ’, उनले भने ।

भट्टले मदन भण्डारी ह’त्यासँग जोडिएका अमर लामाको मृ’त्यु पनि रह’स्यमय रहेको बताए ।

‘अमर लामाको चाहिँ ह’त्या कसरी भयो ? त्यसमा खासै कुरा बाहिर आएको छैन । मदन भण्डारीसँगै भएको जिवित मान्छे अमर लामा थिए । पछि उनलाई हाम्रै मा’ओवादी साथीहरुले समाते । भाग्न खोज्दा म’र्‍यो भनेको छ । मा’रियो । तर, यथार्थ के हो अहिले पनि आएको छैन’, उनले भने ।

पार्टी वि’भाजनमा ओली नभएर पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको दो’ष रहेको बताउँदै भट्टले मदन भण्डारी ह’त्या प्रसंग निकालेका थिए ।

भट्टले नेकपा वि’भाजन हुनुमा नारायणकाजी श्रेष्ठको मूख्य भूमिका रहेको पनि आ’रोप लगाए । ‘अहिले जुन फुट पैदा भएको छ । सकुनी भनेपनि हुन्छ, नारायणकाजीको महत्वपूर्ण भूमिका छ । उनी यस्तो खेलमा निकै पारखी छन्’, भट्टले भने ।

गएको निर्वाचनमा रेमश चौधरीलाई पनि जिताएको बताउँदै भट्टले आगामी निर्वाचनको माहोल बनाउन सञ्चारकर्मीहरुसँग आग्रह पनि गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार