राजनीति
विघटित नेकपाकाे प्रचण्ड माधव समुहले अन्तर्राष्ट्रिय समर्थन खाेजेकाे छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले अन्तर्राष्ट्रिय समर्थन खोजेको छ । चीन, भारत, अमेरिका र युरोपेली युनियनलगायत लोकतन्त्र पक्षधरहरुको समर्थन खोजिएको शीर्ष नेताहरुले बताए ।
५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि विभाजित नेकपाको प्रचण्ड–माधव समूह सडक आन्दोलनमा छ । र, भोलि काठमाडौंमा आमसभा गर्दैछ । त्यसको अघिल्लो दिन अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संसद विघटन संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र शान्ति प्रक्रियामाथिकै प्रहार भएको बताएका छन् ।