राजनीति
मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले दैलेखका पत्रकार डेकेन्द्रराज थापाको ह’त्या अभि’योगमा प’क्राउ परेका जयबहादुर शाहीलाई छाड्न माग गरेको छ। मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ६८ वर्षीय शाहीलाई अवि’लम्ब, विनासर्त रिहाइ गर्न माग गरेको छ । जिल्ला प्रहरी कार्यालय, दैलेखले शाहीलाई २४ माघमा प’क्राउ गरेको थियो ।
‘जन’युद्धकालीन मु’द्दालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् टुङ्ग्याउनु पर्नेमा अदालती प्रक्रियामा लगेको प्रति हाम्रो पार्टी घो’र वि’रोध गर्दछ र उहाँलाई अ’विलम्ब एवं विनासर्त रिहाइ गर्न जोडदार माग गरिन्छ’ विज्ञप्तिमा भनिएको छ।
प्रहरीका अनुसार जिल्ला अदालत दैलेखबाट दुई वर्ष कैद सजाय तोकिएका शाहीले पू’र्पक्षका लागि १ वर्ष ७ महिना १ दिन सजाय भुक्तान गरिसकेका छन् भने बाँकी सजाय दिलाउन उनलाई कारागार चलान गरिएको हो । १ वर्ष ७ महिना १ दिन कैद भुक्तान गरी बन्दी प्रत्यक्षीकरणमा परेका कारण अदालतको फैसला ढिला आएपछि थु’नामुक्त भइ शाही फ’रार थिए ।
द्वन्द्व’कालमा तत्कालीन माओवादीले दैलेख बजारको खानेपानी लाइन काटिएपछि समस्या समाधान गर्न वार्ताका लागि भन्दै बोलाइएका उनलाई साबिकको द्वारी गाविस–१, हालको नौमुले गाउँपालिका–३ मा २०६१ साल साउन २७ गते हत्या गरेको थियो । माओवादीले ह’त्या गरेपछि पत्रकार थापाकी श्रीमती लक्ष्मीले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०६५ भदौ ५ गते ९ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । त्यसबेला प्रहरीले पाँच जनालाई प’क्राउ गरेको थियो ।
हेर्नुहोस् विज्ञप्तिः
