logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

‘बादल’ तनावमा : सह- अध्यक्ष देखाएर चौथो बरियता , प्रभु शाह फर्किदै !


  • राजनीति
  • बुधबार, माघ २८ २०७७

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ओली पक्षमा पदको किचलो सुरु भएको छ । सत्तारुढ नेकपामा पदको किचलो सुरु भएको अहिले होईन पुसबाट नै हो । १८ पुसमा ओली पक्षका काठमाडौं जिल्ला पार्टीको जिल्ला स्तरको भेला प्रज्ञा भवनमा भएको थियो । उक्त भेलाको अघिल्लो दिन दुई खालका पोस्टहरु देखिए । एउटा पक्षले प्रमुख अतिथिमा प्रधानमन्त्री केपी शर्मा ओली, त्यसपछि रामबहादुर थापा बादल र ईश्वर पोखरेलको फोटो राखेर प्रचारप्रसार गरेका थिए । त्यहि दिन ईश्वर पोखरेल पक्षहरुले ओली पछि ईश्वर पोखरेलको फोटा राखेर प्रचारप्रसार गरे । तेस्रो नम्बरमा बादलको फोटा राखियो । यो प्रकरणले सत्तारुढ नेकपामा दोश्रो बरियताबारेको छिनाझप्टी प्रष्ट देखियो ।

उक्त भेलामा बक्ताको रुपमा पुगेका गृहमन्त्री थापालाई आयोजकले पनि तेस्रो तहको नेताकै रुपमा पेश गरे । जब कि नेकपा विभाजन हुदा ओलीले बादललााई सहअध्यक्ष बनाउने बचन दिएको बादल निकट युवा नेता बताउछन् ।

बादल पनि सहअध्यक्ष पाउने भएपछि प्रचण्डलाई छोडेर ओली तर्फ लागे । जब कि एमाले माओवादी केन्द्रबीच एकता हुदा ३४ जना केन्द्रीय सदस्य बादल पक्षका थिए । तर बादलले ओलीलाई साथ दिने निर्णय गरेको दिन एक जना पनि केन्द्रीय सदस्य साथमा थिएनन् ।

नेकपा विभाजनको बाटोमा हिडेको धेरै भएको छेन । औपचारिक रुपमा त निर्वाचन आयोगमा अझै एउटै पार्टी छ । तर पनि राजनीतिक हिसावले विभाजन भईसकेको नेकपाका समानान्तर गतिविधिहरु जारी छन् । यस्तो अवस्थामा सत्तारुढ नेकपामा उतिबेलै देखि देखिएको विवाद नयाँ अवरणमा सतहमा आएको छ ।

सकेसम्म धेरै पूर्वमाओवादीका नेता आफूतिर तान्न प्रधानमन्त्री ओलीले उतिबेला बादललाई दोश्रो बरियतासहित सहअध्यक्षको आश्वासन दिएको भनिएपनि अहिले सम्म आउँदा त्यसको खण्डन हुन थालेको छ ।

खण्डन पनि अरुले होईन प्रधानमन्त्री ओली आफैैंले गर्न थालेका छन् । उनलाई अहिले सहअध्यक्ष होइन महासचिव विष्णु पौडेलपछि चौथो बरियतामा राख्ने योजना सतहमा आएको एक पूर्वमाओवादी नेताले बताए । उनले भने ‘हिजो गरेका प्रतिबद्धता प्रति केपी ओली इमान्दार देखिनु भएको छैन । पहिला सहअध्यक्ष दिउँला भनेका बादललाई अहिले कार्यक्रम स्थलमा नै तेस्रो बरियतामा राख्ने काम भएको छ । जुन पछि उनलाई भन्न सजिलो हुने छ तपाईले तेस्रो बरियता स्वीकार्नु भएकै छ के भयो र अब ।’

गृहमन्त्री थापा मात्र हैन प्रधानमन्त्रीले पूर्व माओवादी खेमाका प्रभु साहलाई छाड्ने भए छाडेहुन्छ, भन्ने चे’तावनी दिन भ्याईसकेको उनी निकट एक नेताले बताए । पार्टी भित्र विधी, पद्धति, प्रकृया र समानताका कुरा उठाउनेहरुलाई प्रधानमन्त्री ओलीले पचाउदैनन् । जसले प्रधानमन्त्रीका कुरा सहजै मान्छ उनि उनको नजिक हुने देखिन्छ ।

अहिले ओली पक्षमा सबै भन्दा ठूलो लडाई युवा संघमा देखियो । संघको दोस्रो बैठकमा ओली पक्षले बादल पक्षलाई सहभागी नै गराएन । युवासंघको बैठक बस्दै गर्दा बादल पक्षलाई जानकारी नै नदिएको तत्कालिन युवा संघका उपाध्यक्ष बिरु तामाङ बताउछन् ।

ओलीले आफुलाई गाह्रोसाह्रो पर्दा जस्तो पनि सम्झौता गर्ने आफु अनुकुल भएपछि सबैलाई धो’का दिने उनको पुरानो बानी भएको एक जना पूर्व एमालेका नेता बताउछन् । उनले भने ‘नवौ महाधिवेशनमा वामदेवलाई र झलनाथ खनाललाई साथमा लिएर अध्यक्ष जिते तर जितेपछि दुबै जनालाई धोका दिए । गौतमलाई कार्यकारी अध्यक्ष र संसदीय दलको नेता बनाउने र खनाललाई राष्ट्रपति बनाउने आश्वसन दिएर अध्यक्ष जितेका थिए ।’

उसो त ओलीले पहिलो पटक प्रधानमन्त्री हुदा प्रचण्डलाई ९ महिना पछि छोड्ने सम्झौता गरेका थिए । तर उनले नौ महिनापछि प्रचण्डलाई प्रधानमन्त्री दिन मानेन्न । उनले संसदमा उभिएर उल्टै प्रचण्डलाई आ’रोप प्रत्यारोप लगाए । अझ उनले आफु राष्ट्रवादी भएकाले प्रधानमन्त्रीबाट हटाएको आ’रोप लगाए । जब कि प्रधानमन्त्री हुदा तत्कालीन माओवादीसंग सम्झौता गरेर नौ महिना पछि सरकारको नेतृत्व प्रचण्डलाई दिने भनेका थिए । उनले आफैले गरेको सम्झौता बिर्सेर प्रचण्डका वि’रुद्ध जेहाद छेडेका थिए ।

ओलीले अहिलेसम्म गरेका सम्झौता कहिल्यैपनि पालना नगरेको पूर्वएमालेहरु बताउछन् । अहिले ओलीको बचनको शिकार बन्दै छन् बादल । बादललाई सहअध्यक्ष दिन्छु भनेका ओली अहिले उनलाई तेस्रो बरियतामा बोल्न हरेक सभामा प्रयोग गदै छन् । ओलीले आफुले मुख नखोलेपनि आफ्ना विश्वास पात्र इश्वर पोखरेलद्धारा उनलाई तेस्रो बरियताको देखाउछन् ।

अहिले ओली पक्षले उप्रधानमन्त्री पोखरेल भएकाले माथि हुन्छन् बादल त गृहमन्त्री न हुन भन्न थालेका छन् । बादल भने अहिले आफुलाई ओलीले सहअध्यक्ष बनाउछ भनेर पनि केहि सुरसार नगरेको भन्दै आफु निकटहरुसंग गुनासो गदै बसेका स्रोतले बताए ।

बादललाई अहिले ओलीले नवौ महाधिवेशनमा गौतमलाई जस्तै गर्छन कि भन्ने पिर परेको उनी निकट नेताले बताए । ओलीले आफुलाई धोका दिएको बादल र पूर्वमाओवादी समुहरु आपसमा कुरा गर्न थालेका छन् । उनीहरु अहिले प्रचण्डलाई गाली गर्न मन्त्री पद दिएपनि पार्टीमा भने कुनै हैसियत नपाउने अवस्थामा ओलीले पुर्याएको बताउन थालेका उनी निकटहरु बताउछन् ।

युवा संघमा के भयो ?

आइत र सोमबार काठमाडौंमा भएको युवा संघको दोस्रो बैठकको जानकारी बादल पक्षलाई दिइएन । बादल पक्षले बैठक सुरु भएपछि थाह पाएका थिए । जब कि बादल पक्षका करिब ३४ जना युवा संघमा केन्द्रीय सदस्य छन् । तर ओली पक्षले एक लौटी रुपमा बैठक बसेर नयाँ नेतृत्व नै चयन गरेको छ । उता बादल पक्षहरु वाइसियल बनाउने तयारीमा रहेका छन् ।

एक पक्षीय रुपमा संगठनको बैठक बसाल्नु बादल पक्षलाई बाइपास गरेको बुझाइ बादन निकट युवाहरुको रहेको छ । युवासंघका केन्द्रीय सदस्य बिरु तामाङ भन्छन्‘ युवा संघको केन्द्रीय समितिको बैठक बस्दा पनि जानकारी दिइदैन भने त्यो हाम्रो पक्षलाई बाइपास गरेर अगाडि जान खोजेको हो । हिजो सकिएको बैठक बैठक नभएर अरा’जक झुण्डको बैठक हो ।’

पोखरेल पनि जसरी भएपनि बादललाई सहअध्यक्ष हुन नदिने रणनीतिमा लागेका छन् । अहिले सहअध्यक्ष बादललाई दिए सधैकोलागि नेतृत्व स्वीकार्नु पर्ने भएकाले अहिले नै बादललाई सहअध्यक्ष हुनबाट रोक्नु नै पोखरेलको एक मात्र उद्देश्य रहेको पूर्वएमालेका एक नेता बताउछन् ।

उसो त पोखरेल दुई पार्टीबीच एकता हुदा पनि विपक्षमा थिए । स्कुल विभाग प्रमुख नपाउदा सम्म उनले एकता वि’रोधी अभिव्यक्ति दिदै आएका थिए । अहिले पार्टी भिवाजन भएपनि केहि माओवादी ओली पक्षमा लागेका छन् । तर पोखरेलले भने यो नस्वीकारेको देखिन्छ । त्यहि भएर सकेसम्म उनको चाहना पूर्वमाओवादी बाहिर निस्कुन र आफु नै ओलीको उत्तराधिकारी हुने रणनीतिमा लागेका छन् ।

ओली पक्षमा अहिले पूर्वमाओवादीलाई पार्टीमा कुन तहमा राख्ने भन्ने भित्री रुपमा विवा’द चर्केको छ । यो विवा’द पदको भएको नेताहरु बताउछन् । अहिले सबै भन्दा बढी चुनौति बादलको व्यवस्थापन भएको एक पूर्वएमालेका नेता बताउछन् । उनले भने ‘के भनेर उहाँलाई राखेको हो । त्यो त आधिकारीक थाह छैन तर सहअध्यक्ष दिने भनेर कुरा भएको सुनेका छौ । तर त्यो पूर्वएमालेका केहि नेताहरुलाई पचेको छैन । त्यहि भएर सहज छैन ।’

युवा संघको वि’वाद र त्यसले सत्तारुढ नेकपामा पारेको असरबारे युवा नेता तामाङले समाचार दैनिकसँग कुरा गरेका छन् ।

के भन्छन् बिरु तामाङ

एउटै नेकपा हुंदाका युवा संघका उपाध्यक्ष हुन् तामाङ । अहिले गृहमन्त्री थापाको स्वकीय सचिवको भूमिका समेत निभाईरहेका छन् । त्यो भन्दा पनि अहिले उनको अडान र भूमिकाले सत्तारुढ नेकपामा तरंग सृजना गरेको छ ।

तामाङले पार्टी संगठन भित्र आफूहरुको अस्तित्व खोजे, आत्मसम्मान खोजे, सहमति र समझदारीको परिपालना खोजे । परिणामस्वरुप उनि युवासँघको भेलामा निम्त्याई एनन् । निम्तो नपाएको मात्र हैन, उनीसँगै रहेका युवासँघका ३ दर्जनबढी केन्द्रीय नेताहरु नै भेलाबाट बाहिर पारिए ।

संगठन भित्र आफ्नो पकड प्रष्ट भएका तामाङले आवश्यकपरे वाईसिएल पुनर्गठन गर्ने चे’तावनी नेताहरुलाई दिए । गृहमन्त्री थापा, ऊर्जामनत्री टोपबहादुर रायमाझी लगायतसँगको छलफलमा युवा नेता तामाङले भनेको शब्द उदृत गर्दै श्रोतले भन्यो, ‘हामी काकाको घरमा आएका हौं, आत्मसमर्पण गरेका होईनौं र गर्दैनौं पनि । बरु माफी माग्छौं र बा कै घर फर्कन्छौं ।’

तामाङको यो अडानले पेलानमा पर्दै गएका पूर्वमाओवादी खेमाका नेताहरुलाई समेत ढाडस पुगेको छ । त्यती मात्र हैन । प्रधानमन्त्री र उनी निकट नेताहरुको शैली र व्यवहार नफेरिएमा पूर्व माओवादी खेमा फेरी पुरानै घर फर्कने बाटो समेत तामाङको अडान र शैलीले तयार गरेको बताईएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार