logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

दुई मन्त्रीले ओली छोड्दै गरेको प्रचण्डको खुलासा


  • राजनीति
  • बुधबार, माघ २८ २०७७

पुर्व प्रधानमन्त्री तथा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली समूहमा रहेका नेताहरु आफूहरुतर्फ आउन लागेको बताएका छन् ।

ओलीले बनाएको दुई जना मन्त्रीसमेत आफूसँग वार्तामा रहेको प्रचण्डले बताए । ‘केपी ओलीलाई छोड्ने मान्छेको लाम लागेको छ । अरु त अरु, दुई जना मन्त्री पनि फर्कन मसँग वार्तामा छन्’, उनले भने ।

यो सबै देखेपछि ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने प्रचण्डको भनाइ थियो । उनले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर पशुपतिनाथतिर जान आग्रह गरे ।

‘तुरुन्त राजीनामा गरेर पशुपतितिर लाग्नुहोस्, उहाँ जनताको शरणमा भन्दा भगवानको शरणमा जानुभएको छ’ उनले भने ।

प्रचण्डले आफूहरुले नेपाली जनतालाई नै भगवान मानेको बताए । ‘हाम्रो भगवान नेपाली जनता हो । हामी तपाईको शरणमा छौं’ उनले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार