राजनीति
पुर्व प्रधानमन्त्री तथा नेकपा बहुमतका अध्यक्ष पुष्पकमल दाहालले बादल तिर संकेत गर्दै नराम्रो दिमाग भएको ब्यक्तिको संज्ञा दिएकाछन । प्रचण्डले ओलि पक्षमा नराम्रो दिमागभएकाहरू रहेको भन्दै बेस्ट दिमागहरू आफ्नो पक्षमा रहेको बताएका छन । ओलीको सभामा बादलले “मांसहारी आन्दोलन गर्नेहरूलाई जाउलाखेलको जु मा थुन्ने” भनेर बोलेको कुरा स्मरण गर्दै लोकतन्त्रका लागी लड्नेहरूको विरुद्धमा त्यस्तो अभिव्यक्ति दिनेहरूको दिमाग ठिक नभएको बताएका छन । ओलि समुहमा दुईचारजना नराम्रो दिमाग भएकामान्छेहरू रहेको भन्दै तिनिहरूको नाम उल्लेख गर्न नचाहेको पनि बताएका छन ।
अब ग्रीन रिवोल्युसन गर्ने घोषणा
सभालाई सम्बोधन गर्नेक्रममा प्रचण्डले अब नेपालमा शान्तिपुर्ण क्रान्ती भनेर पनि भनिने ग्रीन रिवोल्युसन (हरितक्रान्ती) गर्ने उद्घोष गरेका छन । यस अगाडी मासंहारी आन्दोलन गर्ने बताएका प्रचण्डलाई ओलि समुहको २३ गतेको सभामा गृहमन्त्री समेत रहेका वादलले मासंहारी आन्दोलन गर्नेहरूलाई जाउलाखेलको जु मा थुन्ने भनेपछी आज प्रचण्ड-नेपाल समुहको सभामा प्रचण्डले हरितक्रान्ती गर्ने घोषणा गरेका हुन ।
नेपालका जनता नै आफ्ना भगवान
आज काठमाडौमा आयोजित बिरोध सभालाइ सम्बोधन गर्दै आफुहरु नेपाली जनताको शरणमा परेको भन्दै ओलिहरू भगवानको सरणमा परेको प्रचण्डले बताएका छन । अयोध्या चितवनको ठोरिमा पर्ने अयोध्यापुरीमा रहेको र त्यहाँ राममन्दिर स्थापना गर्ने भनी राम र सिताको स्ट्याछु समेत निर्माणगरेको भन्नेर दावी गर्ने ओलिले देवता र मन्दिरको सरणमा परेर नेपाली जनता ठग्ने काम गरेकाले ओलि ठग आरोप प्रचण्डले लगाएका छन । प्रचण्डले आफुहरूका भगवान नेपाली जनता भएको उद्घोष गर्दै आफुहरू जनताको सरणमा आएको बताएका छन ।
उनले प्रधानमन्त्री पदका लागी आन्दोलन नगरिएको समेत बताएकाछन । प्रधानमन्त्री पदकालागी अब मरिहत्ते नगर्ने पनि उनले दावी गरेकाछन । उनले माधवनेपाल र झलनाथ खनाल प्रचण्डको कार्यकर्ता बन्न गएको भनेहरूलाई प्रचण्ड माधवकुमार नेपाल र झलनाथ खनालको कार्यकर्ता हो भनेर सुनाईदिन पनि भनेका छन ।