logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मन्चबाटै किन थर्काए श्रेष्ठले पत्रकार धमलालाई ?’


  • राजनीति
  • बुधबार, माघ २८ २०७७

विघठित नेकपा प्रचण्ड-नेपाल समूहले बुधबार राजधानीमा आयोजना गरेको विरोध सभामा एउटा भिडियो निकै चर्चित बनेको छ ।

नेता नारायणकाजी श्रेष्ठले मन्चबाटै आक्रोशित हुँदै पत्रकार ऋषि धमलालाई हप्काएको भिडियो क्लिप्स सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

सभामा सहभागी जनाउन आएका नागरिकहरुलाई प्रतिक्रिया लिइरहेका धमलामाथि नारायणकाजी कड्किएका हुन् । उनले कार्यक्रममा आफू बोल्दै गर्दा अर्को कार्यक्रम नचलाउन धमलालाई आग्रह गरेका थिए ।

उनले झोकिएर भने, ‘त्यहाँ अर्को कार्यक्रम नगर्नुहोस, ऋषि धमलाजी तपाइँ चुप लागेर बस्नुस् ।’ नारायणकाजीले धमलालाई भने,‘उहाँले राम्रै काम गर्नुभएको थियो, जनसमूदायका बीचमा अन्तरवार्ता लिंदै हुनुहुन्थ्यो तर अहिले होइन, पछि लिन म विनम्रतापूर्वक अनुरोध गर्दछु ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार