logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

विप्लव सहितको मोर्चाबन्दी घोषणा आज , कसले गर्दैछन संवोधन ?


  • राजनीति
  • बिहिबार, माघ २९ २०७७

सरकारविरुद्ध मोर्चाबन्दी गर्ने निर्णय गरेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले आज त्यसको औपचारिक घोषणा गर्ने भएका छन् । यसका लागि उनीहरूले बिहीबार दिउँसो १२ बजे प्रज्ञा भवनमा घोषणासभा गर्दै छन् ।

चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच मोर्चाबन्दी हुन लागेको हो । आजको कार्यक्रममा मोहन बैध किरण , आहुती, ऋषि कट्टेलले सम्बोधन गर्ने टुंगो लागिसकेको भएता पनि विप्लव नेतृत्वको नेकपा बाट कसले सम्बोधन गर्ने भन्ने गोप्य नै राखिएको छ ।

यसअघि चारै दलले ‘केपी ओली सरकारको निरंकुशता, फासीवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहलकदमीका निम्ति हामी ४ पार्टीको बीचमा रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको’ जनाएका थिए । मोर्चाको अवधारणा, संरचना र आगामी कार्यक्रम चाँडै नै घोषणा गरिने विज्ञप्तिमा उल्लेख थियो ।

यी दलले वैदेशिक शक्तिको आड भरोसा र इसारामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको आ’रोप लगाउँदै आएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार