logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

रामकुमारी रिहा


  • राजनीति
  • बिहिबार, माघ २९ २०७७

बिहीबार दिउँसो १ बजे पक्राउ परेकी प्रहरीले नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ ।

उनलाई प्रहरीले साँझ रिहा गरेको हो । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले रामकुमारीलाई उनका श्रीमानको जिम्मामा रिहा गरिएको बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध बोलेको आरोपमा पक्राउ परेकी नेकपा प्रचण्ड–नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले लिखित कागजमा हस्ताक्षर गराएर मात्रै छाडेको रहस्य खुलेको छ । राष्ट्रपति भण्डारीविरुद्ध अमर्यादित अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी झाँक्री बिहीबार दिउँसो पक्राउ परेर साँझ रिहा भएकी छन् ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बिहीवार दिउँसो १ बजे शंखमूलस्थित निवासबाट झाँक्रीलाई पक्राउ गरेको थियो ।

‘संवैधानिक राष्ट्रपतिप्रति मेरो सम्मान रहेको छ, हिजो, आज र भोलि पनि उत्तिकै रहनेछ । संविधानमा भएको व्यवस्थाअनुसार अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक स्वतन्त्रताको हकको उपयोग गरेकी हुँ’ भन्ने लिखित कागजमा हस्ताक्षर गराएपछि मात्रै प्रहरीले उनलाई छाडेको हो ।

राष्ट्रपतिविरुद्ध बोलेको आरोपमा पक्राउ गरिएपनि उनले राष्ट्रपतिप्रति सम्मान छ भन्ने लिखित कागज गरेकी छन् । नेतृ झाँक्रीलाई उनका श्रीमान पशुपति पुरीको जिम्मा लगाइएको छ ।

प्रहरी हिरासतबाट रिहा भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेत्री रामकुमारी झाँक्रीले जनस्तरमा चर्काे दबाबका उत्पन्न भएपछि आफूलाई छाडिएको बताएकी थिइन् ।

झाँक्री प्रहरी नियन्त्रणमै रहेका बेला रिहाइको माग गर्दै आन्दोलनरत नेकपा समर्थक र प्रहरीबीच काठमाडौंको बानेश्वरमा कुटाकुट समेत भएको छ । प्रदर्शनमा केही व्यक्ति घाइते भएका छन् । घाइतेहरूको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीसँगको झडपमा नेकपा प्रचण्ड–नेपाल पक्षका ८ जना कार्यकर्ता घाइते भएका जनाइएको छ । माइतीघर मण्डलाबाट सुरू भएको झाँक्री समर्थकको जुलुस नाराबाजी गर्दै नयाँबानेश्वर पुगेको जुलुस कोणसभामा परिणत भएको थियो । कोणसभा सकिएपछि प्रहरीसँग झडप भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’विरुद्ध चर्का नाराबाजी गर्दै प्रचण्ड–नेपाल पक्षको अनेरास्ववियूका नेता/कार्यकर्ता नयाँबानेश्वर पुगेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार