logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रचण्डकाे गद्धारीका कारण क्रान्तिले धक्का खायाे : वैद्य


  • राजनीति
  • शुक्रबार, माघ ३० २०७७

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले नवसंशोधनवादी विचलन र गद्धारीका कारण जनयुद्ध इतिहास बनेको बताएको छ । छब्बिसौ जनयुद्ध दिवसको उपलक्ष्यमा शुक्रबार एक प्रेस वक्तव्य जारी गर्दै सो पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ले नेतृत्वको गद्धारीकै कारण क्रान्ति प्रतिक्रान्तिमा बदलिएको बताएका हुन् ।

उनले झापा आन्दोलन र जनयुद्धको क्रान्तिकारी विरासतलाई साम्राज्यवाद र विस्तारवादको पोल्टामा सुम्पेर तिनका नेताहरु सत्ता र सुविधामा घोडेभागका लागि सडकमा भिडिरहेका आरोप लगाउँदै यसले देश असफल सिद्ध हुँदै गएको बताएका छन् । विज्ञप्तिमा भनिएको छः यसले नेपालमा संसदीय व्यवस्था, संसदीय र संशोधनवादी पार्टीहरु सबै असफल भएको मात्र होइन, नेपालमा नयाँ जनवादी क्रान्ति अपरिहार्य बनेको तथ्य स्पष्ट गर्दछ ।’ विज्ञप्तिमा नेपाली क्रान्तिले धक्का अवश्य खाएको तर क्रान्तिको प्रक्रिया नरोकिएको उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार