logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

जनयुद्ध दिवसको पुर्वसन्ध्यामा देशभर नेकपाको मसाल जुलुस


  • राजनीति
  • शुक्रबार, माघ ३० २०७७

नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको बिद्रोही दल नेकपाले २६ औं जनयुद्ध दिवसको पुर्वसन्ध्यामा देशैभर मसालजुलुस सम्पन्न गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यक्रम अनुसार नै देशभर मसाल जुलुस सम्पन्न गरेको नेकपाले जनाएको छ । यस्तै क्रममा लुम्बिनीका पाल्पा रुपन्देही कपिलवस्तु लगाएतका जिल्लाहरुम भब्य रुपमा मसाल जुलुस सम्पन्न भएको जनाएको छ ।
त्यस्तै विद्रोही नेपाल कम्युनिष्ट पार्टी चितवनले फाल्गुन १ गते (भोली) को २७ औं जनयुद्ध दिवस मनाउनु र कार्यक्रम आयोजना गर्ने अघिल्लो दिन भरतपुर महानगरपालिका ७ बुद्ध चोक-क्यान्सर अस्पतालसम्म मसाल जुलुस गरेको हो। जुलुसका क्रममा सहभागिले संसदीय व्यवस्था मुर्दावाद, एकिकृत जनक्रान्ति जिन्दावाद, जनयुद्ध जारी छ, महान जनयुद्ध जिन्दावाद जस्ता नाराहरू लगाएका थिए।

विद्रोही नेपाल कम्युनिष्ट पार्टीले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(माओवादी)ले २०५२ फाल्गुन १ गते देखि निरंकुश राजतन्त्र र संसदिय व्यवस्थाको विरुद्ध १० वर्षे महान जनयुद्ध सुरु गरेको अवसरमा प्रत्येक वर्ष फाल्गुन १ गते जनयुद्ध दिवस मनाउँदै आएको छ।

२०७५ फाल्गुन देखि सरकारले प्रतिवन्ध लगाएको भएता पनि विद्रोही नेकपाले भुमिगत रुपमा आफ्ना गतिविधिहरु गर्दै आईरहेको छ भने सरकारले पनि नेकपाका उच्च स्तरीय नेता देखि कार्यकर्ताहरूलाई गिरफ्तार गर्दै गैरन्यायिक रुपमा हिरासतमा राख्दै आएको छ। केन्द्रिय कार्यक्रम अनुसार मसाल जुलुस कैलालीको विभिन्न गाउँ, नगरकमिटी मा सम्पन्न भएको छ ।
त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका , कैलारी गाउपालिका र, घोडाघोडी नगरपालिका र जिल्ला पार्टी कार्यालय ले जिल्ला सेक्रेटरी क. करन को नेतृत्वमा धनगढी मा र अन्य गोदावरी , गौरिगंगा , बर्दगोरिया- जोशिपुर , लम्की-जानकी , टिकापुर , भजनी ले आ- आफ्नो ठाउँमा भब्य रूपमा मसालजुलुस सम्पन्न गरेको नेकपा कैलाली ले जनायको छ ।

र्यालिमा सबै कम्युनिस्ट, वाप्मपन्थी, देसभक्त , प्रगतिशील एकता बद्द बनौ ,बैज्ञानिक समाजवादि सत्ता प्राप्तिका लागि संघर्ष गरौं ! दलाल संसदिय ब्यवस्था खारेज गरौं ! बैज्ञानिक समाजवाद स्थापना गरौं !! जस्ता नारा लगाइयको थियो।
http://https://youtu.be/z8jsfPRVmU8

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार