logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

काँग्रेसको जिल्ला सभापति भेला आज सकिदै,देउवालाई लगाए यस्तो आरोप


  • राजनीति
  • बिहिबार, असार ७ २०७५

काठमाडाैँ -नेपाली काँग्रेसको जिल्ला सभापति भेला आज नेतृत्वको समिक्षा गर्दै सकिदैछ । अधिकांश जिल्ला सभापतिहरुले भेलामा  नेतृत्वको आलोचना गरेका छन् ।

निर्वाचन हार्नुमा पार्टी नेतृत्व बढी जिम्मेवार भएको भेलामा बोल्ने अधिकांश सभापतिले आरोप लगाएका छन् । उनीहरुले गलत प्रक्रियाबाट उम्मेदवार चयन मुख्य जिम्मेवार रहेको भन्दै नेतृत्वको आलोचना गरे । स्थानीय तहको उम्मेदवार चयनमा समेत हस्तक्षेप भएको आरोप उनीहरूले लगाए । उनीहरूले आआफ्नो जिल्लाको नैतिक जिम्मेवारी लिन तयार रहेको बताउँदै देशभर निर्वान हार्नुको जिम्मेवारी कस्ले लिने भन्दै प्रश्न गरेका थिए ।

संस्थापन इतरले केन्द्रीय सभापतिको आलोचना गरे भने संस्थापन पक्षले प्रतिवाद गरेका थिएनन् । संस्थापनइतरका सभापतिहरुले तत्काल निर्वाचन मार्फत नेतृत्व परिवर्तन गर्न माग गरे । जिल्ला सभापतिहरुको भेला हेटौंडा घोषणापत्र जारी गर्दै आज सकिदैछ । भेला ५ गतेबाट सुरु भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार