logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

जनयु’द्ध प्रतिकाे खिसिट्युरी अस्विकार्य छ : मुख्यमन्त्री शाही


  • राजनीति
  • शनिबार, फाल्गुन १ २०७७

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २६औं जन’युद्ध दिवसको शुभकामना दिएका छन्।

शनिबार मुख्यमन्त्री शाहीले एक विज्ञप्ति जारी गरेर १० वर्षीय जन’यद्ध, ज’नआन्दोलन र विभिन्न न्या’यपूर्ण आन्दोलनका क्रममा आफ्नो जीवनको आ’हुती दिने शदि’हप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै घा’इते, वे’पत्ता तथा अपाङगता बनेका यो’द्धाहरुको उच्च सम्मान गरेका छन्।

मुख्यमन्त्री शाहीले जन’युद्धको नेतृत्व र साथ दिने सम्पूर्ण जनताहरुलाई आभार प्रकट गरेका छन्। जनयु’द्धको जगमा लोकतान्त्रीक संघीय गणतन्त्र स्थापना भएको बताउँदै शाहीले उपलब्धिहरुमाथि प्रश्न गर्नेहरुप्रति सचेत रहनुपर्ने बताएका छन्।

जारी विज्ञप्तिमा भनिएको छ, ‘महान ज’नयुद्धका कारण प्राप्त राजनीतिक उपलब्धिहरुको उपभोग गर्ने तर, जन’युद्धलाई अस्वीकार गर्ने, यसको महानतालाई खिसिट्युरी गर्ने प्रवृतिप्रति सचेत रहन आवश्यक छ।’।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार