logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कैलालीमा जनयुद्ध दिवस भब्यरुपमा सम्पन्न


  • राजनीति
  • आइतबार, फाल्गुन २ २०७७

२६ औं महान जनयुद्ध दिवस कैलालीले विभिन्न गाउँ , नगरकमिटीमा भब्य रूपमा मनायको छ ।

कैलालीको धनगढी उपमहानगरपालिकामा आयोजित कार्यक्रम मा प्रमुख अतिथि नेकपा कैलाली सेक्रेटरी करन रहेका थिए । संचालक एरिया सेक्रेटरीले गरेका थिए । उक्त कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा जिल्ला सेक्रेटरी करन ले जनयुद्धकै कारण नेपालमा लोकतान्त्रिक गणतन्त्र आएको र जनयुद्धका बाकी कार्यभार एकीकृत जनक्रान्ती मार्फत पुरा गर्न आमजनसमुदाय लाई एकीकृत जनक्रान्तिमा हुमिन अपिल समेत गरेका छन ।

यसैगरी गोदावरी नगर कमिटीले पनि नगरमा अखिल नेपाल महिला संघ क्रान्तिकारी को तेस्रो भेला सहित २६ औं जनयुद्ध दिवस मनाएको छ उक्त कार्यक्रममा प्रमुख अतिथि महिला संघ क्रान्तिकारी कि जिल्ला संयोजक क. सृष्टि र अतिथि नगर इन्चार्ज क. रुपलाल थिए । भने उक्त भेलाले कल्पना को संयोजकत्वमा १३ सदस्यीय कमिटी निर्माण गरेको छ । उक्त कार्यक्रम संचालन सुस्माले गरेकी थिइन ।

यसैगरी लम्किचुवा तथा जानकि नगर कमिटी ले पनि जनयुद्ध दिवस भब्य रूपमा सम्पन्न गरेको छ । जनयुद्ध दिवसको अवसरमा जनयुद्धका घाइते तथा घाइते अपांग समाजका पुर्व केन्द्रिय अध्यक्ष प्रबत को प्रमुख आतिथ्यतामा बिशिस्ट अतिथि , हृदय , अतिथि बिनिता भानु थिए भने कार्यक्रममा घाइते अपांग समाजका केन्द्रिय अध्यक्ष तथा प्रमुख अतिथि प्रबत लाई सम्मान गर्नुका साथै लोकेश चलाउने र रबिना चौधरी बिच जनवादी बिवाहा समेत सम्पन्न गरेको प्राप्त समाचारमा जनाइएको छ ।

त्यस्तै भजनी नगर कमिटी,कैलारी गाउपालिका , घोडाघोडी नगरपालिका टिकापुर, , जोशिपुरबर्दगोरिया लगायत सबै ठाउँमा २६ औं महान जनयुद्ध दिवस मनाएको कैलाली बाट प्राप्त समाचारमा जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार