logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सास्कृतिक कार्यक्रम सहित दैलेखमा जनयुद्ध दिवस सम्पन्न


  • राजनीति
  • आइतबार, फाल्गुन २ २०७७

नेपाल कम्युनिस्ट पार्टी ,दैलेखले २६औं जनयुद्ध दिवस मनाएकाे छ। सयौ जनताहरुकाे उपस्थितिमा ठाँटीकाध गाउँपालिकमा जनयुद्ध दिवस मनाएकाे हाे ।

कार्यक्रम शँकेतकाे अध्यक्षता र नेपाल कम्युनिस्ट पार्टी दैलेखका ईन्चार्ज दिपेन्द्रकाे प्रमुख आतिथ्यतामा भएकाे हाे। प्रमुख अतिथि दिपेन्द्रले केपिकाे कथित निर्वाचन र प्रचण्ड माधवकाे सँसद पुनरस्थापनाकाे नारा यथास्थितिवादी नारा भएकाले सम्पूर्ण कान्तिकारी कम्युनिस्ट पार्टी,देशभक्त शक्ति,सच्चा लाेकतान्त्रिक शक्तिहरु मिलेर दलाल सँसदीय व्यवस्थालाई विस्थापित गरेर बैज्ञानिक समाजवादी व्यवस्था स्थापना गरेर अहिलेकाे शँकट समाधान हुने कुरा वताएकाछन ।

सम्पूर्ण जनतालाई व्यवस्था परिवर्तनकाे सँघर्ष सहयाेग गर्न अपिल समेत गरेकाछन । जिल्ला सेक्रेटरी दिपलामा,जिल्ला जनसरकार प्रमुख सघर्ष ,अखिल क्रान्तिकारी दैलेखका अध्यक्ष कमरेड सुद्रसन,अखिल नेपाल महिला सँघ क्रान्तिकारी दैलेखका अध्यक्ष उषा अतिथि रहेको कार्यक्रमकाे सञ्चालन शरदले र स्वागत भाषण कमरेड भुगाेलले गरेका थिए । कार्यक्रममा ज्वाला सहिद स्मृति साँस्कृतिक परिवारले जनवादी गीत र नृत्य प्रस्तुत गरेकाे थियाे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार