logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

५० लाख समानुपातिक भाेट सहित बहुमत ल्याउछाै : ओली


  • राजनीति
  • आइतबार, फाल्गुन २ २०७७

केपी समुहले हिजाे बुटवलमा शक्ति प्रदर्शन गर्याे , उक्त कार्यक्रमबाट उक्त समुहका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली निकै उत्साहित छन।  प्रधानमन्त्री केपी शर्मा ओलीले १० वर्षसम्म जनतालाई ढाँटेर प्रचण्डले सत्ता र आसपासमा समय बिताएको आरोप लगाएका छन् ।

यतिबेला प्रचण्ड-नेपाल समूहका नेताहरु आत्तिरहेको बताउँदै उनले देश बनाउने उद्देश्य नबोकेका केही तत्वहरु पार्टीबाट बाहिरएको बताए ।

आफूलाई काम गर्नै नदिने वातावरण सिर्जना गरेकोले संसद विघटन गरेर चुनावमा जान लागेको स्पष्ट पारे । बुटवलमा शनिबार ओली समूहको सभालाई सम्बोधन गर्दै उनले कठैबरा भन्नुपर्ने किसिमका मानिस पार्टीबाट नबाहरिएकाले कार्यकर्तालाई निराश नहुन आग्रह गरे ।

ओलीले भने, ‘पार्टीमा बसेर समस्या खडा गर्ने, पार्टीको बदनाम गर्ने, पार्टीलाई अनुशासनहीन र आचरणहीन देखाउने, गुटबन्दीलाई बढावा दिनेहरु बाहिरएका हुन् ।’ उनले अबको चुनावमा ५० लाख समानुपातिक मत ल्याउने र प्रत्यक्षमा बहुमत ल्याउने दाबी गरे ।

उनले अब आफू सत्तामा पुग्न सपना देखाउने, आश्वासन दिने र झुक्याउने समय बितेकाले प्रचण्डको साटो आफ्नो पक्षमा जनमत देखिएको दाबी गरे ।

ओलीले प्रचण्ड पक्षधरले विकास, समृद्धि र राष्ट्रियताको एजेन्डामा बहस गर्नु साटो केपी ओलीलाई लखेट्ने र देश बिगार्ने मात्रै उद्देश्यले देशव्यापी आमसभा गरेको बताए ।

प्रधानमन्त्री ओलीले निर्मला पन्तदेखि भागिरथी भट्टसम्मका बलात्कारपछि हत्यामा संलग्न अपराधीलाई विश्वका जुनसुकै कुनामा गएपनि नछोड्ने चेतावनी दिएका छन् ।

उनले हत्याराहरुलाई पानी मुनि गएपनि नछोडिने चेतावनी दिए । ‘अपराधीलाई विश्वका कुनै पनि भागमा गए पनि छाडिने छैन,’ उनले भने, ‘उनीहरुलाई कानुनी दायरामा राखिनेछ, कारबाही गरेरै छाडिनेछ, दोष र अपराधबाट मुक्त हुनै सक्दैन ।’ ‘केही समयभित्रै भागरथी र निर्मला हत्याका अपराधीलाई अदालतको कठघरा उभ्याएर सजाय दिनेछौं’, उनले थपे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार