logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सकियाे मन्त्रीपरिषद् बैठक, हेर्नुस् निर्णय


  • राजनीति
  • मंगलबार, फाल्गुन ४ २०७७

सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिदमा अग्रिम भुक्तानी दिन सक्ने निर्णय गरेको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठक भारतमा बनेको कोभिसिल्ड भाक्सिन खरिद गर्दा अग्रिम भुक्तानी दिने निर्णय गरेको हो । भारतको सिरम इन्स्टिच्यूटसँग एक डोज खोपको ४ डलरमा खरिद गर्ने सहमति भए पनि भुक्तानीको विषयलाई लिएर खरिद प्रक्रिया अघि बढ्न सकेको थिएन ।

खरिद ऐन र नियमावलीअनुसार खरिद गर्न लागेको सामानको ८० प्रतिशतमात्रै अग्रिम भुक्तानी दिन सक्ने मात्रै प्रावधान छ । तर सिरम इन्स्टिच्यूटले जति मूल्यको खोप खरिद गर्ने हो त्यसको अग्रिम भुक्तानी भएपछि मात्रै ब्याच नम्बर जारी गर्ने अडान राखेका थियो । यो समस्या समाधान गर्न मन्त्रिपरिषद्ले बाधा अड्काउ फुकाउ गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

सरकारले सिरमसँग २० लाख डोज भ्याक्सिन खरिद गर्न लागेको छ । ‘यी खरिद गर्न लागेको भ्याक्सिनको मूल्यको ८० प्रतिशत राष्ट्र बैंकमार्फत अग्रिम पठाउँछौं, त्यसपछि कम्पनीले ब्याच नम्बर हाल्न सुरु गर्छ,’ उनले भने, ‘सामान पठाउनुअघि २० प्रतिशत रकम पनि भुक्तानी गरिसक्छौं’

मन्त्रिपरिषद्को यो निर्णयले तत्काल खोप खरिद गरेर ल्याउने बाटो अघि बढेको उनले बताए । मन्त्री त्रिपाठीले भारतसँग सहुलियत दरमा खोप खरिद गर्न लागिएको पनि प्रस्ट पारे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार