राजनीति
राजनितिक आस्था राखेकै आधारमा करिब एक महिना अघि गिरफ्तार हुनुभएका निरु थापा सर्बोच्च अदालतको आदेशमा रिहाई भएका छन् ।
बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका युवा नेता तथा गण्डक ब्यूरो सदस्य निरु थापा माघ ३ गते काठमाडौ बाट गिरफ्तार भएका थिए । काठमाडौंको टोखामा बाटो हिडिरहेको अवस्थामा गिरफ्तार परेका हुन् ।
यस्तै उनको रिहाईको लागि सर्बोच्च अदालतमा परेको निबेदनको तर्फबाट बिद्वान अधिबत्ता कपिल चन्द्र पोख्रेल, सन्तोष कोईराला, चुडा बहादुर निरौला, कबिता बस्नेत ले बहस गरेका थिए ।
सर्बोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्दै निजलाई बिना कारण पुनः पक्राउ गरी बन्दि बनाईएको पाईएमा न्याय प्रसाशन ऎन अन्तर्गत प्रहरीमाथि कारवाही गरीने आदेश जारी गरेको छ ।