राजनीति
नेपाली काँग्रेसको १४ औं महाधिवेशन भदौ ७ , ८, ९ र १० गतेका लागि प्रस्ताव गरिएको छ । आज बसेको काँग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय महाधिवेशन भदौ ७, ८, ९ र १० गतेका लागि प्रस्ताव गरिएको हो । यस्तै असार २० गतेबाट तल्लो तहको अधिवेशन सुरु गर्ने प्रस्ताव छ ।
बैठकमा काँग्रेस संस्था पन पक्षबाट प्रस्ताव पेस भएको छ । केन्द्रीय महाधिवेशन बाहेकको कार्यतालिकामा पौडेल पक्ष सहमत छैन । प्रस्तावमाथि आज छलफल सुरु भएको छ । बैठक भोलि तीन बजे पनि बस्ने छ । आज र भोलिको छलफलपछि बैठकले प्रस्तावमाथि निर्णय लिने छ ।