logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

शाहको अभिव्यक्ति प्रति नेकपाको निन्दा , सरकार भने चुपचाप


  • राजनीति
  • बिहिबार, फाल्गुन ६ २०७७

प्रचण्ड र माधव नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी नेकपाले भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले अमित शाहको भनाइ भनी दिएको अभिव्यक्तिप्रति आ’पत्ति जनाएको छ। नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले भारतीय गृहमन्त्री अमित शाहले अभिव्यक्तिलाई प्रष्ट पार्नुपर्ने माग गरेको छ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले हालै एक सार्वजनिक कार्यक्रममा नेपालका सम्बन्धमा प्रकट गर्नुभएको अभिव्यक्तिप्रति हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गम्भीर ध्यानाकर्षण भएको छ। सत्तारूढ भारतीय जनता पार्टीको तर्फबाट त्रिपुरा राज्य सरकारको नेतृत्व गरिरहनुभएका विप्लज देवले उहाँहरूसँगको छलफलमा तत्कालीन भारतीय जनता पार्टीका अध्यक्ष एवं भारतका केन्द्रीय गृहमन्त्री अमित साहले नेपाललगायतका देशहरूमा पनि भारतीय जनता पार्टीको संगठन विस्तार गर्ने र सरकार बनाउने धारणा राख्नुभएको अभिव्यक्ति दिनुभएको थियो। हाम्रो पार्टी विप्लव देवको यस प्रकारको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गर्दै कडा वि’रोध गर्छ।’

संवेदनशिल विषयमा दिइएको अभिव्यक्तिले दुई छिमेकी मित्रराष्ट्रबीचको सम्बन्धमा भ्रम छर्ने र नकारात्मक असर पुर्‍याउने भन्दै विज्ञप्तीमा प्रष्टीकरण माग गरिएको छ। भारतमा सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट त्रिपुरा राज्य सरकारको नेतृत्व गरिरहेका देवले भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा भारतीय जनता पार्टीको संगठन विस्तार गर्ने र सरकार बनाउने योजना रहेको बताएको सञ्चारमाध्यमलाई जानकारी गराएका थिए। उनले विश्वमा कम्युनिष्ट पार्टीभन्दा भाजपा नै सबैभन्दा ठूलो राजनीतिक दल भएको समेत बताएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार