logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ओली समूह फु’टतिर, जिल्लासम्म स’मा’नन्त’र कमिटी बनाउदै बादल


  • राजनीति
  • बिहिबार, फाल्गुन ६ २०७७

वि’भा’जि’त दल नेकपाकाे ओली समुहभित्र सं’घ’र्ष पे’चि’लाे बन्दै गएकाे छ। प्रधानमन्त्री ओली र गृहमन्त्री थापा बिच वारपारकाे अवस्था श्रृजना भएकाे देखिन्छ। ओली समुहमा पुर्व माओवादी धारकाे नेतृत्व गरेका बादल नेतृत्वको टिमले अहिले प्रदेश र जिल्ला स्तरमम स’मा’नन्त’र कमिटी बनाउने निर्ण गरेका छ ।

सातै प्रदेशमा पार्टी कमिटी समेत बनाउन चाहेका थियौँ। त्यसो गर्दा कति प्रतिशत हामीलाई दिने भन्नेमा बहस हुन्थ्यो र विधि बस्थ्यो। तर, त्यसो भएन। मि’स्टे’क भयो, अब एक भएर जानुपर्छ भनेर गृहमन्त्री र टोपबहादुर रायमाझीबीच सहमति भएको छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीसँग गृहमन्त्री रामबहादुर थापा र उनको समूहको अ’स’न्तु’ष्टि चुलिँदै गएको छ। पार्टीभित्रको जिम्मेवारी बाँडफाँट, राजनीतिक नियुक्ति र वरियताका विषयमा थापा ओलीसँग अ’सन्तु’ष्ट छन्।

त्यसमाथि ओलीले वामदेव गौतमलाई गृहमन्त्री बन्न प्रस्ताव राखेपछि थापाको समूहमा नि’रा’शा बढेको उनीनिकट नेताहरुले बताएका छन्। ओलीसँग दुरी बढ्दै गएपछि थापाले उर्जामन्त्री टोपबहादुर रायमाझीसँग पनि भेटेर छलफल गर्दै साथ खोजेका छन्।

माघ ६ गते भएको ओली पक्षको बागमती प्रदेशको पुनर्गठन र माघ २५ र २६ गते युवा संघको भेलामा एकलौटी गरिएको भन्दै थापा समूहका कार्यकर्ता आ’क्रो’शि’त छन्।
ओली समूहअन्तर्गत बागमती प्रदेशको अध्यक्ष आनन्द पोखरेललाई बनाइएको छ। सचिव पद थापा पक्षलाई दिने प्रतिबद्धता प्रधानमन्त्री ओलीले गरेका थिए। तर, पुनर्गठनका बेला ईश्वर पोखरेलनिकट धादिङका खेम लोहनीलाई सचिव बनाइएको छ।

‘थापानिकट राजकुमार श्रेष्ठलाई बागमती प्रदेशको सचिव बनाउने तयारी थियो। तर, अन्तिम अवस्थामा बनाइएन। जसले गर्दा साथीहरुमा नि’रा’सा छाएको छ,’ थापानिकट एक नेताले भने।

थापा समूह केन्द्रीय समितिमा पनि अत्यन्त कमजोर छ। ओलीले घोषणा गरेको एक हजार पाँच सय जनाको केन्द्रिय समितिमा थापा पक्षका केन्द्रीय सदस्य २२ जना मात्र रहेको ती नेताले बताए।

पार्टी विभाजनका बेला आफुलाई साथ दिँदै आएका नेताहरू सबै प्रचण्ड–नेपालतिर नै छाडेर ओली समूहमा लागेका थापाले तल्लो तहका कार्यकर्तालाई आफूतिर तान्न पद दिलाउने बाचा गरेका थिए। तर, अहिले एक जनालाई पनि बाचाबमोजिमको जिम्मेवारी उनले दिन सकेका छैनन्।

‘बादल दाइले जसरी पनि मिलाउँछु भन्नुहुन्थ्यो,’ बागमती प्रदेश सचिव बन्न नपाएका थापानिकट केन्द्रीय सदस्य राजकुमार श्रेष्ठले भने, ‘तर, नतिजा अर्कै आयो। यसले आशंका जन्माएको छ। सबै कुरा टुंगिसकेपछि उहाँले कसरी मिलाउनु हुन्छ?’

७७ वटै जिल्लामा गठन गरिएको भूमि स’म’स्या समाधान आयोगको अध्यक्ष र विज्ञ सदस्यमध्ये एक पद आफूले पाउनुपर्ने थापाको अडान थियो। त्यसैअनुसार उनले ७७ वटै जिल्लाका नेताहरुको नामावाली पठाएका थिए। तर, एकदुई जनाबाहेक कहीँ पनि थापा पक्षका नियुक्त नभएको श्रेष्ठले बताए।
‘प्रतिबद्धता जनाएको कुनै पनि स्थान नपाउने भएपछि साथीहरु कता कता लाग्छन् थाहा छैन। साथीहरुले गु’ना’सो गरिराख्नुभएको छ,’ श्रेष्ठले भने।

अर्कोतिर युवा संघको वि’वा’दले ओली र थापाबीचको वैमनश्यलाई सतहमा ल्याइदिएको थियो।
माघको २५ र २६ गते थापा पक्षका युवाहरुको ब’हिस्का’रबीच ओली पक्षले वचनबहादुर सिंहको अध्यक्षतामा युवा संघको कार्यसमिति पुनर्गठन गरेको थियो।

जसका कारण थापा पक्षले आफूहरु पे’लिए’को महसुस गरेको छ। युवा संघको विवाद अझै मिलेको छैन। आगामी स्थायी समितिको बैठकमा यो वि’वा’द समाधान गर्ने नेताहरुले बताएपनि त्यसमा समेत युवा नेताहरु ढुक्क हुन सकेका छैनन्।
‘देशभर नेटवर्क बनायौं तर युवा संघ लगायतमा एकलौटी भएपछि साथीहरुमा नि’रा’शा छाएको साँचो हो,’ श्रेष्ठले भने।
तर, गृहमन्त्री थापा अहिले नै ओलीसँग भि’ड्ने अवस्थामा नरहेको उनी निकट केन्द्रीय सदस्य नवीन रोकामगर बताउँछन्।
‘अहिलेसम्मको गतिविधि हेर्दा पार्टीभित्र पे’लिए’को भन्ने केही प्रश्न उठेको छ। तर, परिस्थिति न’भड्कि’योस् भनेर अहिले नै आमनेसामने नभइ सं’य’मता अपनाएको मात्र हो,’ केन्द्रीय सदस्य रोकामगरले भने, ‘आमनेसामने गर्दा कतिवटा पार्टी बनाउने? अहिले पार्टीभित्र प्राविधिक समस्या भएका छन्। मिलाउन सकिन्छ र मिल्छ।’

पुर्व माओवादीबाट थापा सहित लेखराज भट्ट टाेपवहादुर रायमाझी मणि थापा दावा तामाङ गाैरिसंकर चाैधरी ओलीपक्षमा लागेर मन्त्री बनेका थिए। आफ्नाे पक्षबाट यति धेरै मन्त्री भएपनि पार्टी भित्र कमजोर भएको भन्दै नेताहरुले थापा रायमाझी सग गु’ना’साे गरेका थिए ।

उनिहरु संगठित रुपमा ल’ड्न नसकेको देखिन्छ काेहि मन्त्री भए तर एक्लाएक्लै नेताहरु ओलीकाे पार्टीमा जानथालेकाले एजेन्डा एउटै बनेन र कमजोर अवस्था देखिएकाे छ श्रेष्ठले भने
थापालाई दैनिकजसो नेताहरुले भेटेर आफ्नो पक्षको रक्षा गर्न सुझाव दिँदै आएका छन्।केहीदिन अघि उर्जामन्त्री रायमाझीलाई समेत भेटेर उनीहरुले पूर्वमाओवादीले एकतावद्ध भएर दह्रो उपस्थिति जनाउन सुझाव दिएको श्रेष्ठले बताए।

‘नेताहरु एक्लै जाने, मन्त्री हुने गर्दा हामी कमजोर भयौँ, पछिल्ला केही निर्णयहरुले सकारात्मक सं’के’त गरेका छैनन्, यो सच्चिनुपर्छ, पूर्वमाओवादी एक भएर नजाने हो भने स’म’स्या पर्छ भनेर मैले सुझाव दिएको थिएँ,’ श्रेष्ठले थपे।
उनका अनुसार थापा र रायमाझीबीच पनि यस विषयमा कुरा भइसकेको छ।

‘मि’स्टे’क भयो, एक भएर जानुपर्छ भनेर पाँच दिन अघि गृहमन्त्री र टोपबहादुर रायमाझीबीच मिलेर जाने भन्ने भएको छ,’ उनले भने।

गृहमन्त्री थापा आफ्नो समूहअन्तर्गत देशभर युवा संघजस्तै संगठन बनाउन चाहन्थे। तर, उनले त्यसो गर्न सकेनन्।
‘सातै प्रदेशमा पार्टी कमिटी समेत बनाउन चाहेका थियौँ ’, श्रेष्ठले भने, ‘त्यसो गर्दा कति प्रतिशत हामीलाई दिने भन्नेमा बहस हुन्थ्यो र विधि बस्थ्यो। तर, त्यसो भएन।’
त्यस्तै, वरियताको विषयमा पनि थापा ओलीसँग चि’ढि’एका छन्।

पूर्वमाओवादी खेमाको नेतृत्व गरेकाले आफूले दोस्रो वरियता पाउने उनको आशा थियो। प्रधानमन्त्री ओलीले नै थापालाई ईश्वर पोखरेलसँग समान वरियता दिने आश्वासन दिएका थिए।
‘तपाईं र ईश्वर पोखरेलको वरियता समान हुन्छ, मेरो दायाँ बायाँ रहनुहुन्छ,’ ओलीले दिएको वचन थापाले निकटस्थहरुसँग स्मरण गरेका थिए।तर, अहिले उनी तेस्रो वरियतामा देखिन्छन्।

अर्कोतिर, ओलीले गत आइतबार वामदेव गौतमलाई भेटेर उपप्रधानसहित गृहमन्त्री बन्न प्रस्ताव गरेका छन्। गौतमले सो प्रस्ताव माने भने थापाले गृहमन्त्री पद छाड्नुपर्ने हुन्छ। जसका कारण थापा अझ स’शं’कि’त बनेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार