logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

प्रधानमन्त्रीले न्यायलयकाे अपमान गर्याे भन्नू दुराग्रह : ओली

लाेकप्रियताकाे लागि प्रधानमन्त्री बिरुद्ध हालिने मुद्दा नियन्त्रण गर्नुपर्छ


  • राजनीति
  • बिहिबार, फाल्गुन ६ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले न्यायपालिकाको सम्मान कम हुने कार्य गरेँ भनेर कल्पना गर्नु नै दुराग्रहपूर्ण भएको बताएका छन् ।

अदालतको अवलेहना मुद्दामा बिहीबार लिखित जवाफ दिएका प्रधानमन्त्री ओलीले अदालतप्रति आफ्नो उच्च सम्मान रहेको बताए । ‘लोकतन्त्र, विधिको शासन तथा स्वतन्त्र न्यायपालिकाका लागि पाँच दशकभन्दा लामो समयदेखि संघर्ष गरेको मैले न्यायपालिकाको सम्मान कम हुने कार्य गरेँ भनी कल्पना गर्नु समेत दुराग्रहपूर्ण छ,’ उनले भनेका छन् ।

मौलिक हकमा अतिक्रमण हुने गरी अभिव्यक्ति दिएको भन्ने रिट निवेदकको दाबी निराधार भएको समेत प्रधानमन्त्री ओलीले बताएका छन् । उनले आफ्नो लिखित जवाफमा भनेका छन्, ‘यस्तो लोकप्रियताका लागि प्रधानमन्त्रीलाई प्रत्यासी कायम गरी मुद्दा गर्ने जुन आम प्रचलन देखिन्छ, त्यसमा भने नियन्त्रण गर्न जरुरी देखिन्छ ।’

हुँदै नभएको वा एक अर्थमा बोलेको कुरा वा शब्दलाई अर्को अर्थ लगाइ, बंग्याइ अदालतको अवहेलनाको मुद्दा हालेको भन्दै उनले यो आपत्तिजनक भएको बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार